गृहमन्त्री निधिको ट्वीटप्रति आयोगको असन्तुष्टि

काठमाडौं — निर्वाचन आयोगले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले गरेको ट्वीटप्रति आपत्ति जनाएको छ । आयोगले सोमबार विज्ञप्ती जारी गर्दै निधीको ट्वीटले निर्वाचन आयोगको काम कारवाहीप्रति आम जनमानसमा द्विविधा उत्पन्न हुने भएकाले सख्त ध्यानाकर्षण भएको जनाएको छ ।

गृहमन्त्री निधिको ट्वीटप्रति आयोगको असन्तुष्टि

निधिले सोमबार बिहान आफ्नो ट्वीटमा निर्वाचन आयोगको तयारी र सुरक्षा प्रबन्ध मात्रै स्थानीय निर्वाचनका लागि प्रयाप्त नहुने भन्दै निर्वाचनको सफलतका लागि राजनीतिक सहमति अपरिहार्य रहेको भनेका छन् । समाजिक सञ्जालमा निधीले लेखेको उक्त विषय विवादित बनेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेदेखि धेरैले त्यसमा चासो राख्दै सरकारले निर्वाचन नचाहेको आरोप समेत लगाएको छ । आयोगले पनि निधीको उक्त अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेको हो । 

आयोगले निर्वाचन सम्बन्धी तयारीमा कुनै प्रकारको कमी नरहेको जनाएको छ । विज्ञप्तीमा आयोगले आवश्यक नियम निर्देशिका तयार गरिएको, मतदाता नामावली फाइनल गरी वेव साइटमा राखिएको, मतदाता परिचय पत्रको छपाई अन्तिम चरणमा रहेको, मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला जिल्लामा स्थापना भइसकेको जस्ता तयारीको विवरण समेत उल्लेख गरेको छ । 

निर्वाचनको सम्पूर्ण व्यवस्थापन गर्ने कार्य आयोगबाट पूरा भएको अवस्थामा गृहमन्त्री निधीद्वारा निर्वाचन सम्बन्धी तयारी प्रर्याप्त नभएको ट्वीट आएकोप्रति आयोग आश्चर्य चकित भएको विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित : वैशाख ४, २०७४ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?