राष्ट्रपति भण्डारीलाई भारतमा मुखर्जी र मोदीको संयुक्त 'सेरेमोनियल' स्वागत

'दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुद हुने'

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ दिइएको छ । यसअघि उनलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा 'सेरेमोनियल' स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई भारतमा मुखर्जी र मोदीको संयुक्त 'सेरेमोनियल' स्वागत

राससका अनुसार 'गार्ड अफ अनर' पछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुद हुँदै जाने विश्वास व्यक्त गरेको उल्लेख गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले भारत र भारतीय जनताको प्रगती तथा सुख शान्तिको कामना गरेको पनि उल्लेख गरिएको छ । सो अवसरमा आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ट व्यक्तिको उपस्थिति रहेको जनाइएकव छ ।

यसैबीच भारतीय विदेश मन्त्रालयका प्रबक्त गोपाल बाग्लेले आफ्नो ट्वीटरमा मुखर्जी र मोदीले स्वागत गर्दै गरेको र 'गार्ड अफ अनर'को फोटो पोष्ट गर्दै लेखेका छन्, 'नजिकको छिमेकीलाई विशेष सम्मान । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवनको फोरकोर्टमा 'सेरेमोनियल' स्वागत ।'

प्रकाशित : वैशाख ५, २०७४ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?