विप्लव माअाेवादीकाे चुनाव विरोधी सभा प्रहरीले हस्तक्षेप गरी राेक्याे

अमृता अनमोल

बुटवल — स्थानीय तहको चुनावको विरोधसहित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई प्रहरी हस्तक्षेप गरी रोकेको छ । स्थानीय तहको चुनावको खारेजीको माग गर्दै चुनावको प्रतिरोध तथा जनता जागरणको लागि भन्दै उक्त पाटीले कार्यक्रमको आयोजना गरेको थियो ।

विप्लव माअाेवादीकाे चुनाव विरोधी सभा प्रहरीले हस्तक्षेप गरी राेक्याे

स्थानीय तहको चुनावको विरोधसहित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई प्रहरी हस्तक्षेप गरी रोकेको छ ।

स्थानीय तहको चुनावको खारेजीको माग गर्दै चुनावको प्रतिरोध तथा जनता जागरणको लागि भन्दै उक्त पाटीले कार्यक्रमको आयोजना गरेको थियो । बुटवलको ट्राफिक चोकमा सभा सुरु हुनासाथ प्रहरीको हुलले मञ्च कब्जा गरेको थियो । चुनाव विरोधी गतिविधिका सन्देश प्रवाह गरेकाले केन्द्रको आदेश अनुसार कार्यक्रम रोकेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए ।

प्रहरीले हस्तक्षेप गरेपछि कार्यक्रममा उपस्थित धेरै कार्यकर्ताहरु तितरवितर भएका थिए । हस्तक्षेपका बावजुद प्रमुख अतिथि नेकपाका स्थायी कमिटी सदस्य सन्तोष बुढाले लोकतान्त्रीक व्यवस्थामा पनि आफ्ना मत राख्न नदिएर सरकारपक्षले अमानवीय काम गरेको बताएका थिए ।


नाटकका रुपमा मञ्चन गरिएको स्थानीय तहको चुनाव खारेज हुनुपर्ने नत्र जनताले बहिष्कार गर्ने समेत उनको दावी थियो । एकिकृत जनजागरण तथा प्रतिरोध अभियान नाम दिइएको उक्त कार्यक्रम अन्तर्गत अपरान्ह राजमार्ग चौराहबाट नाराजुलुससहित र्‍याली निस्केको थियो । दिउँसो साढे २ बजे सभामा परिणत भएको थियो ।

विप्लव नेतृत्वको नेपाल कम्न्युष्ट पाटीले स्थानीय तहको चुनावको खारेजीको मागसहित एकिकृत जनजागरण तथा प्रतिरोध अभियान चैत २४ गते नवलपरासीको अमरापुरीबाट सुरु गरेको थियो । अभियान असार ५ गतेसम्म चल्ने बताइएको छ ।




याे पनि पढ्नुहाेस् : जनकपुरमा पनि प्रहरीले विथोल्याे विप्लव माओवादीको आमसभा

प्रकाशित : वैशाख ५, २०७४ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?