नेपालमा लगानीको उपयुक्त वातावरण छ : राष्ट्रपति भण्डारी

कमलदेव भट्टराई

नयाँ दिल्ली — राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय उद्योगी व्यवसायीहरुलाई नेपालमा उपयुक्त वातावरण रहेको उल्लेख गर्दै लगानीको लागि आग्रह गरेकी छिन् । भारतीय विदेश मन्त्रालयले फेडरेशन अफ इण्डीयन कमर्स एण्ड इण्डष्ट्री र कन्फेडेशन अफ इण्डीयन इण्डष्ट्रिसंगको सहकार्यमा मंगलबार दिउँसो आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले विकास एउटा मुलुकको प्रयासमा मात्र संभव नहुने उल्लेख गर्दै सहकार्यको आवश्यकतामा जोड दिइन् ।

नेपालमा लगानीको उपयुक्त वातावरण छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय उद्योगी व्यवसायीहरुलाई नेपालमा उपयुक्त वातावरण रहेको उल्लेख गर्दै लगानीको लागि आग्रह गरेकी छिन् ।

भारतीय विदेश मन्त्रालयले फेडरेशन अफ इण्डीयन कमर्स एण्ड इण्डष्ट्री र कन्फेडेशन अफ इण्डीयन इण्डष्ट्रिसंगको सहकार्यमा मंगलबार दिउँसो आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले विकास एउटा मुलुकको प्रयासमा मात्र संभव नहुने उल्लेख गर्दै सहकार्यको आवश्यकतामा जोड दिइन् । कार्यक्रममा भारतका सूचना प्रविधि, हाइड्रो पावर लगायतका ठूला कम्पनीका प्रतिनिधिहरु सहभागी थिए ।

‘आर्थिक रुपान्तरण विना राजनीतिक परिवर्तन दीर्घकालिन हुन सक्दैन भन्ने नेपाल सरकारको मान्यता रहेको छ,’ भण्डारीले भारतका उच्च औद्योगिक समुहका प्रतिनिधिहरुलाई भनिन्, ‘एउटा छिमेकीले विकास गरिरहँदा संगेको छिमेकी अविकसित रहन सक्दैन ।’

उनले नेपाल समृद्ध हुनु भनेको भारत र चीनको पनि हीतमा रहेको बताइन् । सरकार दुई पक्षीय लगानी सम्झौता ‘विप्पा’को कानुन अनुमोदनको प्रकृयामा रहेको पनि उल्लेख गरिन् ।

केही महिनाअघि नेपालमा सम्पन्न लगानी सम्मेलनमा भारतको उच्च प्रतिनिधिहरुको सहभागित रहनु भारतले नेपाललाई दिएको महत्वको प्रतिविम्ब भएको पनि बताइन् ।

‘हामीले अहिले विशेष गरेर रेल र बसको कनेक्टीभीटीलाई प्राथमिता दिइरहेका छौं’ उनले भनिन्, ‘भारत नेपालको ठूलो व्यापारिक साझेदार हो । तर, व्यापार असन्तुलनलाई कम गर्न आवश्यक छ ।’

उनले नेपालमा दर्ता भएका विदेशी कम्पनीहरुले जग्गा खरिद विक्री गर्न सकिने प्रावधान रहेको पनि उल्लेख गरिन् । साथै लगानीको हिसावले नेपाली र भारतीय नागरिकबीच कुनै फरक नरहेको उल्लेख गरिन् ।

कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री भिक्की सिंले नेपालसंगको सम्बन्धमा पारिवारिक रहेको उल्लेख गर्दै यस्तो सम्बनधमा सानो या ठूलो मुलुक भन्ने नहुने बरु बराबरको हुने उल्लेख गरे । ‘हामीले प्रविधिको विकास गरेका छौं, संगसंगै नेपालले पनि प्रविधिमा विकास गरोस्,’ उनले भने ।

प्रकाशित : वैशाख ५, २०७४ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?