कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रदर्शनीमार्गमा राजनीतिक गतिविधि नगर्न अन्तरिम आदेश

आधा दर्जन शैक्षिक संस्थाहरु रहेको क्षेत्रमा दल, तिनका भ्रातृ संगठन र विभिन्न संघसंस्थाले जथाभावी कार्यक्रम गर्दा पठनपाठनमा बाधा पुगेको ठहर

काठमाडौं — सर्वोच्च अदालतले प्रदर्शनीमार्गमा राजनीतिक गतिविधी नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधिश चोलेन्द्रशम्सेर जवराको एकल इजलाशले यस्ता क्रियाकलापले पठनपाठनमा अवरोध गरेको भन्दै शैक्षिक क्रियाकलापमा असर पर्ने गरी कार्यक्रम नगर्न अन्तरिम आदेश दिएको हो ।

प्रदर्शनीमार्गमा राजनीतिक गतिविधि नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले आधा दर्जन शैक्षिक संस्थाहरु रहेको क्षेत्रमा दल, तिनका भ्रातृ संगठन र विभिन्न संघसंस्थाले जथाभावी कार्यक्रम गर्दा पठनपाठनमा बाधा पुगेको भन्दै रिटको अन्तरिम किनारा नलागेसम्म अन्तरिम आदेश जारी गरेको हो ।

‘विभिन्न दल र उनीहरुको भ्रातृ संगठनहरुले सभा सम्मेलन लगायतका कार्यक्रम सञ्चालन गरी ध्वनी प्रदुषण, ट्राफिक अव्यवस्था सिर्जना भई आवत जावत र पठनपाठनमा समेत अवरोध सिर्जना भएको भन्ने शिक्षणसंस्थाहरुबाट उल्लेख भएको देखिएको र पठनपाठन विद्यार्थीको भविष्यसाग सरोकार राख्ने भएकाले,’ आदेशमा भनिएको छ, ‘शिक्षण संस्था सञ्चालनको अवधिभर कुनै पनि दल, तिनको भ्रातृ संगठन, अन्य संघसंस्था लगायतले पठनपाठनमा बाधा पुग्ने गरी आवत जावतमा अवरोध गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने, माईकिङ गर्ने, पार्किङ गर्ने लगायतका काम नगर्न नगराउन र सम्बन्धित निकायको क्षेत्रभित्र कार्यक्रम सञ्चालन गर्दा समेत अत्यधिक ध्वती प्रदुषण हुने किसिमको साधन प्रयोग गरी कार्यक्रम सञ्चालन गर्न नदिनु भनी अन्तरिम आदेश गारी गरिदिएको छ ।’

प्रकाशित : वैशाख ५, २०७४ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?