२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

निकुञ्जको एक सिङे गैंडा रौतहटमा

रौतहट — चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा एक सिङे गैंडा रौतहट आएको छ । गैंडा खोज्न निकुञ्जको टोली बुधबार बिहानदेखि लागेको छ

निकुञ्जको एक सिङे गैंडा रौतहटमा

चन्द्रनिगाहपुर ४ को गैंडाटार  र रंगपुर क्षेत्रमा स्थानियले देखेर प्रहरीलाई खवर गरेका छन् । गैंडा लिन निकुञ्ज र पर्साबन्यजन्तु आरक्षणको चिकित्सक सहितको टोली राती यहाँ आएको छ । त्यही क्षेत्रमा शिकारीले ८ महिना अघि निकुञ्जको गैंडालाई गोली हानेर घाइते बनाएको थियो । एक महिना पछि उपचारको क्रममा मरेको थियो । घटना दोहोरियला भनेर स्थानियले समयमै सुरक्षाकर्मिलाई खवर गरेका छन् । गैंडा भएको दुबै क्षेत्रमा सेनाले गस्ति गरेको छ । गैंडा खोज्न निकुञ्जको टोली बिहान देखी खटेको छ । 

यहाँको शान्ति सामुदायीक बन र रंगपुरको जंगलमा गैंडा देखा परेको छ । गैडाटार, जंगलसैया, हिलेखोला, विश्रामपुर लगायतका जंगलमा गैंडा देखिएको जिल्ला बनअधिकृत दिर्घनारायण कोईरालाले बताए । ‘गैंडाको ब्यवस्थापन गर्न समस्या भएको छ’ उनले भने,‘बिगतमा शिकारीले गोली हानेको घट्ना पछि अहिले बिभिन्न सुरक्षा अपनाइएको छ ।’ कोइरालाका अनुसार निकुञ्जका दुईवटा एक सिङे गैंडा यहाँको जंगलमा देखीएको छ । गैंडा लैजान चितवन निकुञ्ज र पर्सा बन्यजन्तु आरक्षणको टोली बिहान देखी खोजीमा जुटेको छ ।   

निकुञ्जका चिकित्सक डा. कमल गैरे सहितको टोली राती नै चन्द्रनिगाहपुर आएको छ । गैंडालाई डार्ट (बेहोस) गरि लैजान खोर सहित टोली पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । ‘गैंडा घेर्न ५ वटा हात्ती समेत परिचालन गरिएको छ’ उनले भने,‘जसरी पनि यहाँबाट गैंडालाई निकुञ्ज लैजान्छौ ।’ गत भदौ ४ गते यहाँ स्थित तिलेश्वर सामुदायिक वनमा शिकारले भरुवा बन्दुकबाट गोली प्रहार गरी घाईते बनाएको गैडा मरेको घट्ना दोहोरिन नदिन निकुञ्जले तत्काल टोली पठाएको हो । गैडाको टाउँकोमा ४ घाँटीमा १ र शरिरको पछाडी भागमा १ गरी ६ वटा गोली लागेको थियो । घाईते गैंडाको चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचारकै क्रममा एक महिना पछि मरेको थियो । निकुञ्जबाट आएको दुईवटा गैंडाको बारेमा स्थानियले सुचना दिए पछि निकुञ्जलाई खवर गरिएको ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपि यादव ढकालले बताए । ‘गैंडाको बासस्थानमा सादा पोशाकमा सुरक्षाकर्मि खटाएर निगरानी गर्दै आएको छौ उनले भने,‘निकुञ्जको टोली आए पछि ढुक्क भयौ ।’ दुबै गैंडा एक महिना देखी देखा परेको स्थानियले बताएका छन् । गैंडाटार क्षेत्रमा बिहान देखीएको गैंडाको बासस्थान फेला परेको छैन् । 

तर रंगपुरमा भने नजिकको घोलमा गैंडा फेला परेको छ । गैंडाटारमा गोली हान्ने शिकारीको अहिले सम्म पहिचान हुन सकेको छैन् । उनिहरु पक्राउ समेत परेको छैन् । लगातार तेस्रो ‘शून्य चोरी शिकार वर्ष’ मनाउन २६ दिन बाँकी रहेका बेला चितवनको बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वन क्षेत्रको ध्रुवघाट नजिक शिकारीले आधुनिक हतियार प्रयोग गरी एकसिंगे गैंडा मारेका घट्ना सेलाउन नपाउदै निकुञ्जको गैंडा यहाँ आएको हो । घट्ना पछि निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका सामुदायीक बन उपभोक्ता समितिका पदाधिकारी,चोरी शिकारी नियन्त्रण यूवा समुह सेना र निकुञ्जका पदाधिकारी सम्मिलित टोलले संयुक्त गस्ति थालेको छ । अर्को स्थानमा चोरी शिकारीले गैंडा मर्न सक्ने भन्दै संयुक्त गस्ति थालेको हो । 

प्रकाशित : वैशाख ६, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?