कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

ओलीले भने, ‘मधेस केन्द्रित दलको एकता सकारात्मक’

‘फुट्नुभन्दा जुट्नु राम्रो’

काठमाडौं — एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेस केन्द्रित दलहरुबीच आज हुने भनिएको एकता सकारात्मक भएको बताएका छन् । नियमित उपचारको क्रममा थाइल्याण्ड गएर फर्किएका ओलीले बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकीकरण सकारात्मक भएको बताए ।

ओलीले भने, ‘मधेस केन्द्रित दलको एकता सकारात्मक’

‘आज केही दलहरुबीच एकीकरण हुँदैछ भन्ने सुनेको छु । यो सकारात्मक कुरा हो’, ओलीले भने,‘फुट्नुभन्दा जुट्नु राम्रो हो ।’

यो पनि पढ्नुहोस् --
मधेसवादी पाँच दलबीच एकता, आजै दिउँसो राजधानीमा घोषणा हुने

 

नीय निकायको चुनाव तोकिएकै मितिमा एकैचरणमा हुनुपर्ने धारणा राख्दै ओलीले भने,‘चुनाव दुई चरणमा हुन्छ तर स्थानीय निकाय र प्रदेशको ।’

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावको बिषयमा बोल्दै ओलीले अहिले निर्वाचनको समय भएकाले यो बाहेक अन्य बिषयमा छलफल उपयुक्त नहुँने टिप्पणी गरे । 

उनले संविधानको बिषयमा कुनै विरोध वा असन्तुष्टि भए निर्वाचनमै गएर पोख्नुपर्ने विचार राखे । ‘दलहरुको परीक्षण निर्वाचनमै हुन्छ’, उनले भने,‘असन्तुष्टि भए निर्वाचनबाटै पोख्न सकिन्छ ।’

ओली नियमित उपचारको लागि भन्दै एक साता अघि थाइल्याण्ड गएका थिए ।

प्रकाशित : वैशाख ७, २०७४ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?