कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

उपत्यका ट्राफिक व्यवस्थापन सुधार्न महानिरीक्षकको निर्देशन

दीपेन्द्र विष्ट

काठमाडौं — प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै तत्काल सुधार गर्न मातहतको नियकालाई निर्देशन दिएका छन् ।

उपत्यका ट्राफिक व्यवस्थापन सुधार्न महानिरीक्षकको निर्देशन

ट्राफिक व्यवस्थापनमा प्रहरीको भूमिका फितलो भएको भन्ने जनगुनासो बढेपछि महानिरीक्षक अर्यालले उपत्यका ट्राफिक महाशाखाका प्रमुख मिङमार लामालगायत सबै परिसर, बृत्त र प्रभाग प्रमुखलाई  आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएका हुन् । 

‘लामो समय ट्राफिक जाममा पर्खिनु परेको जनगुनासो बढेको छ’, अर्यालले भने, ‘ त्यसकारण ट्राफिक व्यवस्थापन मिलाउन निर्देशन दिएको छु ।’ साथै यात्रुसँग सहजरुपमा व्यवहार गर्न पनि सबै प्रमुखलाई उनले निर्देशन दिए ।

ट्राफिक व्यवस्थापनका लागि सबै किसिमको सहयोग उपलब्ध गराउने भन्दै उनले यात्रुलाई सहजरुपमा गन्तव्यमा पुर्‍याउन ट्राफिक प्रहरीको मुख्य जिम्मेवारी भएको बताए । उपत्यकामा ट्राफिक प्रहरीका २ परिसर, १० वृत र २५ प्रभाग छन् । 

 

प्रकाशित : वैशाख ७, २०७४ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?