३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाबुराम–उपेन्द्रबीच पनि एकता ‘छिट्टै’

•‘पार्टी एकता संयोजन समिति’ गठन •समितिमा बाबुराम, उपेन्द्र र अशोक राई

काठमाडौं — मधेसी मोर्चाआबद्ध ६ दल एक भएलगत्तै नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच एकता प्रक्रिया सघनरुपमा अघि बढेको छ ।

पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन ‘पार्टी एकता संयोजन समिति’ गठन भएको जारी विज्ञप्तीमा जनाइएको छ ।

बाबुराम–उपेन्द्रबीच पनि एकता ‘छिट्टै’

मधेसी मोर्चाआबद्ध ६ दल एक भएलगत्तै नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच एकता प्रक्रिया सघनरुपमा अघि बढेको छ ।

पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन ‘पार्टी एकता संयोजन समिति’ गठन भएको जारी विज्ञप्तीमा जनाइएको छ । समितिमा नयाँ शक्ति पार्टीका बाबुराम भट्टराई र संघीय समाजवादी पार्टीका अध्यक्ष उपन्द्र यादव र वरिष्ठ नेता अशोक राई छन् ।

‘समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको छ,’ संयुक्त विज्ञप्तीमा भनिएको छ ।

दुवै पार्टीले सरकारसँग सङ्घीय गठबन्धन, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अगाडि सारेका मागहरुलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन अनुरोध गरेका छन् ।

प्रकाशित : वैशाख ८, २०७४ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?