अरुण नदी थुनिएर तीन किमी बाँध बन्यो, ८० परिवार भएको गाउँ जोखिममा

दीपेन्द्र शाक्य

काठमाडौं — संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ । अरुण नदी थुनिएपछि ३ किलोमिटर बाध बनेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतमकुमार केसीले बताए। बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेको छ । त्यस क्षेत्रका ८० परिवार जोखिममा रहेको केसीले बताए ।

संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ । अरुण नदी थुनिएपछि ३ किलोमिटर बाध बनेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतमकुमार केसीले बताए।

बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेको छ । त्यस क्षेत्रका ८० परिवार जोखिममा रहेको केसीले बताए । उद्धारका लागि उद्धारका लागि हेदांनाबाट प्रहरी नायब निरीक्षक सईको नेतृत्वमा २२ र हटियागोलाका १३ जना प्रहरी घटनास्थल पुगिसकेको छ । अहिले जिल्ला दैविप्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । घटनास्थल सदरमुकाम खादबारीबाट २ दिनको पैदलमा पर्छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार त्यसँ क्षेत्रमा नेपाली सेना पनि खटिइकेको छ । केही बेर पछि सेनाको हेलिकप्टरबाट घटनास्थलको निरीक्षण गर्ने र थप सुरक्षाकर्मी उद्धारका लागि सदरमुकाम खाँदबारीबाट लैजाने उनले बताए । अरुण नदी छेउछाउका बस्तीका सर्वसाधारणलाई सजक भएर बस्न प्रशासनले आग्रह समेत गरेको छ ।

प्रकाशित : वैशाख ८, २०७४ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘दलित महिलालाई नेतृत्व’

कान्तिपुर संवाददाता

काठमाडौं — वीर अस्पतालले अक्सिजन उत्पादन गर्ने मेसिन (अक्सिजन जेनेरेटर प्लान्ट) खरिद गरेको छ । दुई करोड ६६ लाख रुपैयाँमा उक्त मेसिन खरिद गरेको अस्पतालका निमित्त निर्देशक डा. सरोज शर्माले बताए ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा दलित महिला अगुवाले बढीभन्दा बढी आफ्नो समुदायको सहभागिता सुनिश्चितताको माग गरेका छन् । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रमका वक्ताले दलित महिलाको प्रतिनिधित्व वडास्तरमा केन्द्रित गरिएको गुनासो गरे । अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा समेत दलित महिलाको उचित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने नेत्री अञ्जना विशंखेले बताइन् ।

प्रकाशित : वैशाख ८, २०७४ १०:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT