कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेविसंघ कार्यकर्ता कुटिए

खगेन्द्र अवस्थी

बैतडी — कांग्रेसका तर्फबाट मेलौली नगरपालिका प्रमुखका आकांक्षी नेविसंघ पूर्व जिल्ला सदस्य ईश्वर भट्ट कुटिएका छन् । बिहीबार राति सदरमुकाम गोठलापानीस्थित स्टार गेस्ट हाउसमा सुतिरेहका बेला दुई जनाले कुटपिट गरेका प्रहरीले जनाएको छ ।

नेविसंघ कार्यकर्ता कुटिए

भट्टको बाँया खुट्टा भाँचिएको, आँखा र छातीमा चोट लागेको छ । राति ११ बजे सुतिरहेका बेला कोठामा पसेका दुई जनाले तानेर सिँढीबाट बाहिर फालेको भट्टले बताए । उनको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं लैजाने तयारी भएको छ ।
 
कुटपिटमा संलग्न वीरेन्द्र चन्द र धिरज चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भट्टले चैत अन्तिम साताको कांगेस बैठकमा नगर प्रमुखमा उमेद्वार हुने ईच्छा भएको बताएका थिए । सभापति चन्दले गाउँ समितिमार्फत नाम नआएकाले नाम समावेश गर्न नसकिने धारणा राखेपछि दुवै जनाबीच सामान्य विवाद भएको थियो । कांग्रेस क्षेत्र नं. २ का सभापति तेजबहादुर चन्दविरुद्ध बोलेको भन्दै दुई जनाले राति आएर कुटपिट गरेको भट्टले बताए ।  

प्रकाशित : वैशाख ८, २०७४ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?