कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

अरुण नदी प्रभावित क्षेत्रमा क्षति हुन नदिन गृहमन्त्री निधिको निर्देशन

काठमाडौं — उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संखुवासभाको अरुण नदीमा ठूलो ताल जमेकोले त्यहाँको पानी सावधानीपूर्क निकासा गरेर मानवीय क्षति हुन नदिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार दिउँसो ४ बजेतिर वरुण नदीमा पहिरो आएपछि संखुवासभा भोटखोला गाउँपालिकाअन्तर्गत स्याक्सीला गोलामा पर्ने अरुण नदी थुनिएको छ ।

अरुण नदी प्रभावित क्षेत्रमा क्षति हुन नदिन गृहमन्त्री निधिको निर्देशन

वरुण नदी आएर अरुण नदीमा आएर मिसिन्छ । नदीको करिब ३ किलोमिटरसम्म जमेको पानीका कारण वरुण बजारको चारवटा घरमा क्षति पुगेको छ भने बजारको सिंगो बस्ती जोखिममा छ ।

गृहमन्त्री निधिको निर्देशनपछि गृहमन्त्रालयका तर्फबाट प्रारम्भिक टोली हेलिकोप्टरबाट संखुवासभा जाने तयारी गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ । टोलीमा खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का, गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भविद्, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, नेपाली सेनाका तीनजना प्राविधिक, सशस्त्र प्रहरी, जल उत्पन्न प्रकोप विभागका प्रतिनिधि लगायत छन् । 

पहिरोका कारण चीनसँगको नाका किमाथांका जाने बाटो समेत बन्द भएको छ । सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर उत्तरको यो गाउँमा सुरक्षाकर्मीको टोली शुक्रबार बिहान पुगिसकेको छ । 

प्रकाशित : वैशाख ८, २०७४ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?