मोर्चाका कार्यकर्ताले विथोले निर्वाचन शिक्षा तालिम, १३ जना प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

श्यामसुन्दर शशि

जनकपुर — निर्वाचन कार्यालय धनुषाले शुक्रबार जनकपुर १४ मुजेलियाको सभाकक्षमा आयोजन गरेको निर्वाचनसम्बन्धी तालिम संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुले विथोलेका छन् । यस क्रममा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएका थिए ।

मोर्चाका कार्यकर्ताले विथोले निर्वाचन शिक्षा तालिम, १३ जना प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

मुजेलियास्थित सडक डिभिजन कार्यालयको सभाकक्षमा आयोजित मतदाता शिक्षा तालिम चलिरँहदा बिहान साढे १० बजे मोर्चाका नेता कार्यकर्ताहरु त्यहाँ पुगी तालिम विथोल्ने प्रयास गरेका थिए । यस क्रममा सुरक्षामा खटेका सुरक्षाकर्मी तथा मोर्चाका नेता कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो । प्रहरीले नवगठित राष्ट्रिय जनता पार्टी सम्बद्ध सञ्जय सिंह, परमेश्वर साह, सतिशलाल दास, प्रमोदकुमार यादवलगायत १३ जनालाई नियन्त्रणमा लिएको थियो ।

११ बजे पक्राउ परेका मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अढाई घण्टापछि रिहा गरेका थिए । मोर्चा नेताहरु जिल्ला प्रहरी कार्यालय ल्याएलगत्तै प्रदर्शनकारीहरुको भीड जिल्ला प्रहरी कार्यालय अगाडि लाग्न थालेको थियो । उनीहरुले आफ्ना नेताको रिहाइको माग गर्दै चर्का नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीहरुलाई तितरबितर पारेपछि, कडा सुरक्षाबीच अपरान्ह पुन: तालिम सुरु गरिएको थियो तर, मोर्चाका नेता कार्यकर्ताहरुले जनकपुर–ढल्केवर सडक अवरुद्ध गरी प्रदर्शन गर्न थाले पछि तालिम रोकिएको थियो ।

विघटित सद्भावना पार्टी जिल्ला अध्यक्ष सञ्जय सिंहले स्थानीय तह निर्वाचनलाई लक्षित गरी गरिने जुनसुकै कार्यक्रमलाई विथोल्ने चेतावनी दिएका छन् ।

प्रकाशित : वैशाख ८, २०७४ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?