कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

घूस लिएको आरोपमा मालपोत कर्मचारी पक्राउ

विमल खतिवडा

चितवन — जिल्ला प्रशासन कार्यालयका कर्मचारी र प्रहरीको संयुक्त टोलीले मालापोत कार्यालय चितवनका कर्मचारीलाई घूस लिएको आरोपमा शुक्रबार दिउँसो पक्राउ गरेको छ । सेवाग्राहीलाई छिटो छरितो रुपमा सेवा दिनु पर्नेमा उल्टै घूस लिएको भन्दै प्रहरीले कार्यालयका नायव सुब्बा मनोज निरौला, कम्प्युटर अपरेटर प्रदीप पौडेल र लेखनदास फणिन्द्रराज तिवारीलाई पक्राउ गरेको हो ।

चण्डिभन्ज्याङका बीर्खलाल गुरुङको बुवाको नाममा रहेको जग्गा आमाको नाममा नामसारी गर्ने क्रममा ६ हजार ५ सय घूस लिएको गुनासो आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

गुरुङले बिहीबार पैसा नदिइ काम नहुने भनेपछि ६ हजार ५ सय दिएका थिए । पैसा लिएपछि शुक्रबार काम नहुने भन्दै कर्मचारीले घर फर्काउन खोजेपछि उनले प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेकासँग अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।

प्रकाशित : वैशाख ८, २०७४ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?