कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

निर्वाचन अधिकृत चढेको गाडीमा ढुंगामुढा

नवलपरासी — जिल्ला सदरमुकाम नजिकको पाल्ही नन्दन गाउँपालिकामा निर्वाचन कार्यालय स्थापनाको लागि निरीक्षणमा गएका निर्वाचन अधिकृत चढेको गाडीमा मधेसी दलका कार्यकर्ताले ढुंगामुढा गरेका छन् ।

पाल्ही नन्दन गाउँपालिकाकाको कुस्मामा निर्वाचन अधिकृतको कार्यलय स्थापनाका लागि गएकी निर्वाचन अधिकृत शशी पौडेल चढेको निजी बा १५ च ४६५१ नम्बरको स्कार्पियो गाडीमा ढुंगामुढा गरेका हुन् । त्यो गाडी पाल्ही नन्दन गाउँपालिकाले कार्यालय प्रयोजनका लागि भाडामा लिएको हो । 
नन्दन गाउँपालिका चार दिनपछि कुस्मामा निर्वाचन कार्यालय स्थापना गर्नका लागि शुक्रबार दिउँसो निरीक्षण गरेर फर्किंनलाग्दा स्थानीय मधेसी दलका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । प्रहरीले आक्रमणबाट गाडीको सिसा फुटेको जानकारी दिएको छ । निर्वाचन अधिकृतसहितको टोलीले भागेर ज्यान जोगाएको स्थानीयले बताए ।
  
कुस्सा गाविसमा निर्वाचन कार्यालय स्थापना गर्न सुरक्षाकर्मीसहित टोली गएको थियो । गाविसको कार्यालयमा स्थानीय बासिन्दाले निर्वाचन कार्यालय खोल्न नदिने भन्दै बिहीबार ताला लगाएको थिए । स्थानीयले गाउँपालिकाको काम गर्न अवरोध नगर्ने तर, निर्वाचन कार्यालय स्थापना हुन नदिने भन्दै बिहीबार बिहान तालाबन्दी गरेका थिए । 

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र सुरक्षाकर्मीसहित पुगेको टोलीले कार्यालय स्थापना गर्न ताला फोडेका थिए । टोली फर्किंदै गर्दा स्थानीयले ढुंगामुढा गरेका हुन् । नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले आक्रमणकारीको खोजी भइरहेको बताए । 

प्रकाशित : वैशाख ८, २०७४ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?