कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलेर १६ महिनादेखि थलिएका राउटे ट्रमा सेन्टरमा भर्ना

फातिमा बानु

काठमाडौं — आगोले जलेर १६ महिनादेखि थपिएका राउटे कपिल शाहीलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । गत वर्षको पुषमा आगो ताप्ने क्रममा २० वर्षीय कपिल जलेर घाइते भएको उनका पिता कपिल राउटे मुखिया वीरबहादुर शाहीले बताए । घाइते शाही अछामको भैरवस्थान हुन् ।

जलेर १६ महिनादेखि थलिएका राउटे ट्रमा सेन्टरमा भर्ना

बेल्जियमका डाक्टर लुक बुकुरसहितको टोलीले राउटे शाहीलाई उद्दार गरी बिहीबार काठमाडौं ल्याएको उद्दार टोलीका सदस्य लोक दाहालले बताए । उनलाई राउटे उत्थान प्रतिष्ठान र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको पहलमा उपचारको लागि काठमाडौं ल्याइएको हो ।

शाहीको अवस्था अहिले निकै गम्भीर रहेको उनको उपचारमा संलग्न डाक्टर अपाल लामिछानेले बताए । आगोले पोलेर शाहीको पाखुरा, ढाड र पेटका भागमा घाउ भएको छ । 

राउटे समुदायले  झारफूक र जडिबुटी उपचारमा मात्रै विश्वास राख्ने भएकोले लामो समयसम्म  शाहीको अस्पतालबाट उपचार हुन  नसकेको राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बताइन् । ‘बल्लबल्ल फकाएर यहाँसम्म ल्यायौं’, अधिकारीले भनिन्,‘ उपचारको लागि अस्पताल जान मान्दैनन् ।’ घटना भएको दिनदेखि नै कपिल उठ्नै नसक्ने गरी ओछ्यान परेको उनका पिताले बताए । 

प्रारम्भिक अवस्थामा रगत र मृगौला जाँचेर हेर्दा भने अवस्था सामान्य रहेको डा. लामिछानेले बताए ।  शाहीको उपचार गर्न लामो समय र धेरै खर्च हुने लामिछानेको अनुमान छ ।‘ आजैबाट शल्यक्रिया शुरु हुन्छ, धेरैवटा शल्यक्रिया पश्चात मात्रै केही भन्न सकिन्छ’, उनले भने ।

सरकारले लोपोन्मुख जातिको सम्पूर्ण उपचार निशुल्क गर्ने व्यवस्था गरेको छ । शाहीको उपचारका सम्पूर्ण उपचार खर्च अस्पतालले निशुल्क गर्ने ट्रमा सेन्टरका डा.पियुष दाहालले बताए ।

 

प्रकाशित : वैशाख ८, २०७४ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?