२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

विद्यार्थी संगठनबीच झडप, ५ घाइते

भरतपुर — कृषि तथा बन बिज्ञान बिश्व बिद्यालय केन्द्रिय क्याम्पस परिसरमा शुक्रबार दुई विद्यार्थी संगठनबीच झडप भएको छ । झडपमा ५ बिद्यार्थी घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते सबैको टाउँकोमा चोट लागेको छ ।

परीक्षाको मिति सार्ने बिषयमा बिवाद हुँदा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच झडप भएको प्रहरीको भनाई छ । तर बिद्यार्थी संगठनका नेताले भने टिसर्टको बिषयमा झडप भएको बताएका छन् ।

झडपमा अनेरास्ववियुका सुदीप भुजेल र रोहित ढकाल घाइते भएका छन् । क्रान्तिकारीका नोबेल आचार्य, चबुज अधिकारी र निरोज सिंह घाइते भएको जिल्ला प्रहरीका एसपी दीपक थापाले बताए । घाइते सबैलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।

प्रकाशित : वैशाख ८, २०७४ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?