कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काठमाडौंमा सार्क युवा सम्मेलन हुँदै

काठमाडौं — यही बैशाख ११ र १२ गते काठमाडौंमा युवा सार्क सम्मेलन हुने भएको छ । युवा संसद नेपालको आयोजना र युवा अभियान नेपालको व्यवस्थापनमा सम्मेलन हुन लागेको हो ।

काठमाडौंमा सार्क युवा सम्मेलन हुँदै

सम्मेलनमा सार्क राष्ट्रका चार–चार युवा प्रतिनिधि सहभागी र नौ वटा देशबाट निरीक्षकहरु सहभागी रहने युवा अभियान नेपालका सचिव सविन बुढाथोकीले बताए ।

सम्मेलनमा जलवायू परिवर्तन, दीगो विकास, सुशासन, युवा उद्यमशिलता, दक्षिण एसियाको आर्थिक अवस्थाको बिषयमा छलफल हुनेछ ।

राष्ट्रिय सभागृहमा निवर्तमान राष्ट्रपति रामवरण यादवले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।

सार्क सम्मेलनमा समयमा नै गर्न, सार्कका साझा मुद्दामा साझा धारणा निर्माण गर्नु र दक्षिण एसियाका युवालाई सञ्जालीकरण गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बुढाथोकीले बताए ।

प्रकाशित : वैशाख ८, २०७४ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?