कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

डीआईजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा

जनकराज सापकोटा

काठमाडौं — नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई नम्बर गणका एसपी विक्रम चन्दको नेतृत्वमा रहेको चार पाँच जना प्रहरीको टोलीले सोमबार बिहान सिलवाललाई बालकुमारीस्थित सनराइज होमबाट नियन्त्रणमा लिएको हो ।

डीआईजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई नम्बर गणका एसपी विक्रम चन्दको नेतृत्वमा रहेको चार पाँच जना प्रहरीको टोलीले सोमबार बिहान सिलवाललाई बालकुमारीस्थित सनराइज होमबाट नियन्त्रणमा लिएको हो । ‘तपाईंलाई बयानका लागि बोलाएको छ, जानुपर्‍यो’ भनेर पुगेका चन्दलाई सिलवालले फर्काउन खोजेका थिए ।

चन्दले जबरजस्ती प्रहरीको गाडीमा चढाउन खोजेपछि सिलवाल आफ्नै गाडीमा आउँछु भनेर निस्किए । सिलवालले बालुवाटारस्थित निवास पुगेर कानुनी परामर्शका लागि वरिष्ठ अधिवक्ता शम्भू थापालाई लिएर प्रहरी हेडक्वार्टर गएका हुन् ।

वरिष्ठ अधिवक्ता थापाले पनि आफू सिलवालसँगै प्रहरी हेडक्वार्टर गएको बताए ।

प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले भने सिलवाललाई बयानका लागि प्रहरी प्रधान कार्यालय नक्साल बोलाइएको तर पक्राउ नगरेको दाबी गरे ।

प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले बोलाएको प्रहरी समन्वय समिति (पीसीसी) लगायतका बैठकमा नगएपछि प्रहरी प्रधान कार्यालयले सिलवाललाई स्पष्टिकरण सोधेको थियो ।

सरकारले गत फागुनमै जयबहादुर चन्दलाई आईजीपी बनाएपछि त्यसविरुद्ध सिलवाल अदालत गएका थिए । अदालतले चन्दको बढुवा रद्द गरेपछि सरकारले अर्याललाई प्रहरी महानिरीक्षक बनाएको थियो । सिलवाल पुन: अदालत गए पनि अर्याललाई कामबाट रोक्न अन्तरिम आदेश जारी भएन । बरु, कार्यसम्पादन मूल्यांकनको सक्कल कपी मागिएको छ । यसबारे पूर्ण इजलासमा १९ गते सुनुवाई हुँदैछ ।

प्रकाशित : वैशाख ११, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?