२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जुम्लामा स्थानीय र प्रहरीबीच झडप, १३ जना घाइते

एलपी देवकोटा

जुम्ला — चन्दननाथ नगरपालिका ९ बयालकाटियाका स्थानीयले आफूहरुले चर्दै आइरहेको वनमा चरन गर्न पाउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्दा स्थानीय र प्रहरीबीच झडप भएको छ । तत्कालीन तलिउम गा.वि.स. हालको चन्दननाथ नगरपालिका ९ बयालकाटियाका स्थानीयहरु सोही वडामा रहेको शम्भुनाथ सामुदायिक वन र माझपातल सामुदायिक वनमा समावेश गरिनुपर्ने माग एक वर्षअघिदेखि राख्दै आएका थिए ।

जुम्लामा स्थानीय र प्रहरीबीच झडप, १३ जना घाइते

सामुदायिक वनभित्र आफूहरुलाई पनि समावेश गरिनुपर्ने मागसहित प्लेकार्ड बोकेर महिलाहरुको जुलुस प्रशासन कार्यालयभित्र छिर्न खोज्दा प्रहरीले रोकेको थियो । स्थानीय प्रदर्शनकारीले बोकेको प्लेकार्डले प्रशासन गेटमा रहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले लाठीचार्ज गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।
 
प्रहरीको लाठीचार्जबाट ७ जना महिला र ५ जना पुरुष घाइते भएका छन् । घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने एकजना प्रहरी पनि घाइते भएका छन् । 
बयालकाटियाका स्थानीयहरु केही वर्षअघिसम्म शम्भुनाथ सामुदायिक वन र माझपालन सामुदायिक वन उपभोग गर्दै आएकोमा एक वर्षदेखि यी दुवै वनमा तलिउमका स्थानीयले प्रवेश निधेष गरेपछि उनीहरु आन्दोलनमा जिल्ला वन कार्यालयमा आएको जिल्ला वन अधिकृत मोहन श्रेष्ठले बताए ।

'जिल्ला वन कार्यालयमा गरिएको पटक पटकको वार्ता सफल हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीवासी छलफल गर्ने निर्णय दुई दिनअघि मात्रै गरिएको थियो' उनले भने, 'आज एक्कासी कसरी स्थानीयको जुलुस आयो भन्ने थाहा भएन ।' 

प्रकाशित : वैशाख १२, २०७४ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?