कोमामा फर्किएका सार्कीको परिवारलाई घर

भक्तपुर — साउदी अरबबाट कोमामा फर्केका रामकृष्ण सार्कीको परिवारलाई घर बनाइदिने भएको छ ।

कोमामा फर्किएका सार्कीको परिवारलाई घर

सामाजिक सञ्जाल अभियान मार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलित रकमले वैदेशिक रोजगारका लागि साउदी अरब पुगेर चार वर्षअघि कोमामा फर्किएका चाँगुनारायण नगरपालिका–४, संगम टोलका ४२ वर्षीय रामकृष्ण सार्कीको परिवारलाई आवास पुनर्निर्माण गरिदिने भएको हो । सार्कीको परिवार ०७२ वैशाखको भूकम्पका कारण घर भत्किएपछि दुई वर्षयता कुखुरा पाल्न बनाइएको टहरामा बसोबास गरिरहेका छन् । 

सामाजिक सञ्जालबाट दीनदु:खीहरुको सेवामा कार्यरत अभियन्ता ढिकुरपोखरी–६ पाउदुरकोट कास्कीकी सरिता गुरुङका अनुसार ४ आभियान मार्फत संकलित रकमबाट चारकोठे भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने भएको हो । हालसम्म सार्कीको आवास पुनर्निर्माणको लागि विभिन्न सामाजिक सञ्जालबाट ४ लाख ५७ हजार रुपैंया संकलन भएको र उक्त आवास निर्माणको लागि करिब ६ लाख लाग्ने उनले बताइन् । 

सार्कीको आवास पुनर्निर्माणका लागि सरिता गुरुङ फाउन्डेसनले एकलाख सहयोग गर्ने समेत उनले बताइन् । सार्कीको परिवारलाई गुरुङले अभियानबाट संकलित रकमको २२ हजार नगद सहित रासन र हङ्कङमा बसोबास गरी रहेकी रचना श्रेष्ठ मार्फत २६ हजार नगद सहयोग गरेको छ । यसअघि जुरेको पहिरो धुस्कुनबाट विस्थापितलाई नमूना घर बनाई हस्तान्तरण गरिसकेको गुरुङले बताइन् । पहिरोबाट विस्थापित जोगि पहरीको परिवारलाई जग्गा किनेर घर बनाइदिएको थियो । गुरुङले सार्कीको आवास पुनर्निर्माणका लागि सहयोग गरिदिन आह्वान गरेकी छन् । 

मङ्गलबार गुरुङले घर निर्माण प्रक्रिया थालिएको बताइन् । ‘घर बनाउन कागजी प्रक्रिया पुरा भएको छ’, उनले भनिन्, ‘घर नक्सापास गरी तत्काल निर्माण थाल्छौं ।’ घर निर्माणका लागि कागजी प्रक्रियाका लागि मात्र ५० हजार सहयोग गरेको छ ।  

प्रकाशित : वैशाख १३, २०७४ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?