कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

देउवाले भने, 'एमालेले साथ नदिए पनि संशोधन विधेयक पारित हुन्छ'

काठमाडौं — कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक एमालेले साथ नदिए पनि दुई तिहाईबाट पारित हुने विश्वास व्यक्त गरेका छन् । कांग्रेस केन्द्रीय चुनाव प्रचार समितिद्वारा शनिबार बिहान आयोजित कार्यक्रममा देउवाले भने,‘हामी चाहन्छौ, एमालेले यसमा सहयोग गरोस् । एमालेका संशोधनको विषय छन् भने पनि ल्याउनुहोस् । त्यसलाई समेत समेटर सहमति खोजौं ।’

देउवाले भने, 'एमालेले साथ नदिए पनि संशोधन विधेयक पारित हुन्छ'

कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक एमालेले साथ नदिए पनि दुई तिहाईबाट पारित हुने विश्वास व्यक्त गरेका छन् ।

कांग्रेस केन्द्रीय चुनाव प्रचार समितिद्वारा शनिबार बिहान आयोजित कार्यक्रममा देउवाले भने,‘हामी चाहन्छौ, एमालेले यसमा सहयोग गरोस् । एमालेका संशोधनको विषय छन् भने पनि ल्याउनुहोस् । त्यसलाई समेत समेटर सहमति खोजौं ।’ विधेयकमा साथ नदिए पनि संसदीय प्रकृया रोक्न नमिल्ने देउवाले बताए । संसद अवरोध नगर्न आग्रह गर्दै देउवाले भने,‘मन नपरेमा विपक्षमा मतदान गर्नुहोस् र संसद अवरोध गरेर मुलुकलाई बन्धकमा राख्न मिल्दैन ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले मधेस र आम जनताको भावना समेटर जान लागेको बताए । उनले दुई चरणमा स्थानीय तह निर्वाचन गर्ने तालिका आइसकेकाले फेरि एकचरणमा गर्ने कुरा संभव नहुने बताए । ‘निर्वाचन तोकिएकै मितिमा दुई चरणमा हुन्छ’पौडेलले भने,‘अब यसमा ढुक्क हुनुहोस् ।’

प्रकाशित : वैशाख १६, २०७४ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?