कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

पर्वतमा ५० जनाको उम्मेदवारी फिर्ता

अगन्धर तिवारी

पर्वत — स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गराएका पर्वतका विभिन्न राजनीतिक दलका ५० जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहिबार साँझ ५ बजेसम्मका लागि फिर्ता लिने समय तोकिएको भए पनि फोनबाट जानकारी गराएर साँझ अबेरसम्म उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा बढी कुश्मा नगरपालिकाबाट १४ जना छन् ।

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गराएका पर्वतका विभिन्न राजनीतिक दलका ५० जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहिबार साँझ ५ बजेसम्मका लागि फिर्ता लिने समय तोकिएको भए पनि फोनबाट जानकारी गराएर साँझ अबेरसम्म उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा बढी कुश्मा नगरपालिकाबाट १४ जना छन् । ‘बेलुका अबेरसम्म व्यस्त हुनुपरेकोले कुन दल र कुन पदबाट भन्ने छुट्याउन सकिएको छैन,’ जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले भने, ‘प्रमुखदेखि सदस्यसम्मको मनोनयन दर्ता गरेकाहरुले फिर्ता लिनुभएको छ ।’

जलजला गाउँपालिकाबाट प्रमुख ३, महिला र खुल्ला सदस्य १/१ गरी चारजनाले उम्मेदवारी फिर्ता लिएका छन् । मोदीबाट प्रमुख र खुल्ला सदस्य २/२ वडा अध्यक्ष, महिला सदस्य र दलित महिला सदस्य १/१ जना गरी ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने फलेवास नगरपालिकाबाट १/१ जना वडा अध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् । महाशिला गाउँपालिकाबाट वडा अध्यक्ष ३, सदस्य २, दलित महिला र महिला सदस्य १/१ गरी ६ जनाले फिर्ता लिए । पयुँ गापाबाट प्रमुख र उपप्रमुख १/१, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य २/२ र ५ जना सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा कम बिहादी गापाबाट प्रमुख र सदस्य १/१ जनाले मनोनयन फिर्ता गरेका छन् ।

प्रकाशित : वैशाख २२, २०७४ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?