सभामुखको कार्य संसदीय मूल्य र न्युनतम शिष्टाचारविपरीत : एमाले नेता रावल

राजेन्द्र फुयाल

काठमाडौं — विपक्षी गठबन्धनका प्रमुख दल नेकपा एमाले नेता भीम रावलले संसद्को शुक्रबारको पहिलो बैठकमा आ–आफ्नो ठाउँमा उभिएका प्रतिपक्षी सांसदहरुलाई बोल्ने अवसर नदिएकोमा सभामुख ओनसरी घर्तीमगरको आलोचना गरेका छन् ।

सभामुखको कार्य संसदीय मूल्य र न्युनतम शिष्टाचारविपरीत : एमाले नेता रावल

‘सदनमा प्रतिपक्षी उभिएपछि के भयो मान्य सदस्य भनेर सोध्ने हाम्रो अभ्यास हो' संसद्को आजै बसेको दोस्रो बैठक स्थगनपछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले भने, ‘तर, सभामुखले संसदीय मूल्य र न्युनतम शिष्टाचारको समेत पालना नगरी अवरोधका बीच महाभियोग प्रस्ताव पेस गर्न दोस्रो बैठकको समय तोक्नुभयो ।’

एमाले उपाध्यक्ष रावलका अनुसार प्रधानन्यायाधीशविरुद्धको प्रस्ताव स्वतन्त्र न्यायपालिका र काननुी शासनको मर्मविपरीतको रहेकोले बिहान प्रधानमन्त्रीसँगको छलफलमा फिर्ता लिन आग्रह गरिएको थियो । फिर्ता लिन नसकिने अवस्थामा छोटो प्रक्रियाद्वारा टुंग्याउन दिएको विकल्प पनि अस्वीकार गरेकोले बाध्य भएर सदन अवरुद्ध गर्नुपरेको रावलले प्रस्ट पारे ।

उनले सत्तापक्ष कांग्रेस-माओवादी केन्द्र महाअभियोग प्रक्रिया नटुंग्याएर जसरी पनि जेठ २४ पुर्‍याउन उद्यत रहेको आरोप समेत लगाए । प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण जेठमा अवकाश लिँदैछिन् ।

प्रकाशित : वैशाख २२, २०७४ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?