कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निर्वाचनका बेला काठमाडौंमा ३ हजार ५ सय प्रहरी खटाइने

काठमाडौं — महानगरीय प्रहरी परिसर टेकुले काठमाडौँमा हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार पाँच सय प्रहरी परिचालन गर्ने भएको छ । यही वैशाख ३१ गते हुने निर्वाचनका लागि छ सय ८७ मतदान केन्द्रको निर्वाचनका लागि ती प्रहरी परिचालन गर्न लागिएको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिए ।

निर्वाचनका बेला काठमाडौंमा ३ हजार ५ सय प्रहरी खटाइने

महानगरीय प्रहरी परिसर टेकुले काठमाडौँमा हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार पाँच सय प्रहरी परिचालन गर्ने भएको छ ।

यही वैशाख ३१ गते हुने निर्वाचनका लागि छ सय ८७ मतदान केन्द्रको निर्वाचनका लागि ती प्रहरी परिचालन गर्न लागिएको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिए । उनले भने, 'काठमाडौँमा धेरै निर्वाचन केन्द्रका साथै संवेदनशील स्थान भएकाले उक्त सङ्ख्यामा प्रहरी परिचालन गर्न लागेका हौँ, यसका अलावा दुई हजार सात सय ५८ म्यादी प्रहरीसमेत परिचालन गछौँ । नेपाल प्रहरीले काठमाडौँका मतदान केन्द्रमा न्युनतम पाँच नेपाल प्रहरी र पाँच म्यादी प्रहरी राख्नाका साथै अधिकतम रुपमा आवश्यकता हेरेर वृद्धि गरिने जोशीले बताए ।

काठमाडौँमा हाल कामपा, शङ्करापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरपालिका छन् । रासस

प्रकाशित : वैशाख २३, २०७४ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?