३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउने सरकारको तयारी

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले औद्योगिक क्षेत्र विराटनगर र वीरगन्जलाई चुनावअघि नै महानगरपालिका बनाउने सरकारको तयारी रहेको बताएका छन् ।

महानगरपालिका बनाउनुपर्ने माग राख्दै भेट्न गएका कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदहरुको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री दाहालले सरकारको तयारीबारे जानकारी गराएका हुन् ।

विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउने सरकारको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले औद्योगिक क्षेत्र विराटनगर र वीरगन्जलाई चुनावअघि नै महानगरपालिका बनाउने सरकारको तयारी रहेको बताएका छन् ।

महानगरपालिका बनाउनुपर्ने माग राख्दै भेट्न गएका कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदहरुको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री दाहालले सरकारको तयारीबारे जानकारी गराएका हुन् । सीमाना हेरफेर नगरी सरकारले दुई उपमहानगरपालिकालाई महानगर बनाउने तयारी गरेको जानकारी प्रधानमन्त्री दाहालले गराएको प्रतिनिधि मण्डलमा सामेल सांसद अमृत अर्यालले बताए ।

प्रतिनिधि मण्डलमा सांसदहरु महेश आचार्य, भरतमोहन अधिकारी, मिनेन्द्र रिजाल, दिलिप गच्छदार, डिकबहादुर लिम्बु, शिवकुमार मण्डल, अमृत अर्याल, फरमुल्ला मन्सुर र आनन्द ढुंगाना सहभागी थिए । उनीहरुले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई सयुक्त भेटेका थिए ।

भेटमा कांग्रेस सभापति देउवाले पनि औद्योगिक क्षेत्र र राजनीतिक ऐतिहासिकता बोकेका दुई सहरलाई महानगर बनाउने बताएका थिए । स्थानीय तह पुनर्संरचना आयोगको सिफारिस अनुसार सरकारले काठमाडौं, ललितपुर, चितवन र पोखरा–लेखनाथलाई मात्रै महानगर घोषणा गरेको छ ।

महानगरपालिका बनाउन आवश्यक पूर्वाधार रहेकाले पनि तत्काल घोषणा गर्न प्रतिनिधि मण्डले प्रधानमन्त्रीसँग जोड गरको थिए । ‘प्रजातान्त्रिक आन्दोलनमा विराटनगर र वीरगन्जले पुर्‍याएको योगदान, मजदूर आन्दोलनको केन्द्र, वीपी, गिरिजाप्रसाद र मनमोहनको गृहजिल्ला, औद्योगिक केन्द्रलगायतको आधारमा पनि महानगर बनाउनु पर्छ भन्ने हाम्रो जोड रह्यो,’ अर्यालले भने, ‘प्रधानमन्त्रीले तत्काल घोषणा गर्ने वचन दिनु भएको छ ।’

प्रकाशित : वैशाख २३, २०७४ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?