२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन

काठमाडौं — वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ ।

वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन

अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व थिए । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल थिए ।

प्रगतिशील लेखक सङ्घका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको पार्थिव शरीरलाई बिहान १० देखि दिउँसो २:०० बजेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिने र ३:०० बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । उनका एक छोरी छन् ।

प्रकाशित : वैशाख २४, २०७४ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?