नेपालमा बढ्दो चिनियाँ प्रभाव भारतका लागि सानो विषय हो : पूर्व भारतीय कुटनीतिज्ञ

कमलदेव भट्टराई

नयाँ दिल्ली — नेपालमा बढ्दो चिनियाँ प्रभावकोवारेमा भारतको सरकारी तहमा चिन्ता वढिरहँदा भारतका एक पूर्व कुटनीतिज्ञले भने त्यो त्यति ठूलो विषय नभएको वताएका छन् । भारतीय जनता पार्टी निकट रहेको 'थिङ्क टयाङट' अन्तराष्ट्रिय सहयोग परिषद्का अध्यक्ष तथा विभिन्न देशमा भारतको राजदुत भईसकेका विरेन्द्र गुप्ताले नेपालले आफ्नो विकासका लागि चीन तथा अन्य मुलुकबाट सहयोग लिन सक्ने वताए ।

नेपालमा बढ्दो चिनियाँ प्रभाव भारतका लागि सानो विषय हो : पूर्व भारतीय कुटनीतिज्ञ

‘नेपालले आफ्नो विकासका लागि जुनसुकै मुलुकबाट सहयोग लिनसक्छ, त्यसमा 'अब्जेक्सन' गर्नुहुन्न । गुप्ताले सन् १९७० को दशकमा काठमाडौस्थित भारतीय दुतावासमा समेत काम गरेका थिए । उनले नेपालले चीनलगायत अन्य मुलुकसंग कुटनीतिक सम्वन्ध स्थापना गरेर त्यसबाट अधिकतम् फाइदा लिन सक्ने वताए ।

'नेपालको आर्थिक विकासमा चीनको संलग्नता सानो विषय हो,’ गुप्ताले दिल्लीमा नेपाली दुतावासले आयोजना गरेको एक सम्मेलनमा भने । उनले नेपालको शान्ति, स्थिरता र विकास भारतको चासो रहको भन्दै दुई देशको सम्वन्धलाई फराकिलो दृष्ट्रिकोणबाट हेर्न आवश्यक भएको वताए । पछिल्लो समय गुप्ता अध्यक्ष रहेको परिषद्ले नेपाल—भारत सम्वन्धको वारेमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । तर, नेपालमा वढ्दो चिनियाँ प्रभावको वारेमा भारतीय अधिकारी, कुटनीतिज्ञ तथा वौद्धिक क्षेत्रमा पछिल्लो समय निकै चिन्ता वढेको देखिन्छ ।

उता एक चिनियाँ प्राध्यापकले भने भारतको परम्परागत प्रभाव रहेको नेपाल, भुटान, श्रीलंक तथा बंगलादेशमा चीनले केही गर्न खोजेको वताएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा रहेको इस्टिच्युट अफ चाइना स्टडीले आयोजना गरेको चीनको क्षेत्रीय कुटनीति र त्यसको प्रभाव नामक प्रवचनमा बोल्दै चीनको फुदन विश्वविद्यालयका भाइसडिन प्रोफेसर सिन दिङ्लीले भने, ‘वान वेल्ट वान रोड परियोजना (ओविओर) का माध्यमले भारतको परम्परागत प्रभाव रहेका मुलुकहरुमा हामीले केही गर्न खोजिरहेका छौं ।’ उनले उक्त परियोजनाको उदेश्य अन्य रणनीतिक फाइदा भन्दा पनि चीनको व्यापार प्रवर्धन रहेको समेत वताए ।

उनले भारतलाई दुई देश वीचको व्यापारिक असन्तुलनलाई कसरी कम गर्ने भन्ने विषयमा केन्द्रित हुन आग्रह गरे । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा वढी नै वार्गेनिङ गर्न खोजेको भन्दै त्यस मामिलामा आफुहरु पनि कम नभएको वताए ।

उनले ओविओरमा भारतको केही रिजर्भेसन भएमा त्यसमा छलफल गर्न सकिने र त्यसका लागि आगामी हप्ता हुने सम्मेलनमा भारतले प्रतिनिधि पठाउनु पर्ने वताए । उनले भने, ‘भारतको चासोलाई सम्वोधन गर्न चिनियाँ राष्ट्रपतिले दिल्लीबाट एक नेताको सहभागिता अपेक्षा गर्नु भएको छ,’ ति प्राध्यापकले भने । तर, दिल्लीले भने ओविओरको एक अंश चाइना—पाकिस्तान इकोनोमिक करिडोर विवादित भूमि हुँदै जाने भएकाले त्यसमा आपत्ति जनाईरहेको छ । भारतले सो सम्मेलनमा भाग नलिने वताएको छ ।

प्रकाशित : वैशाख २४, २०७४ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?