कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नवनियुक्त राज्यमन्त्री चौधरीद्वारा शपथ

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित समारोहमा उनलाई शपथ गराइएको हो । 

समारोहमा उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव, शिक्षामन्त्री धनीराम पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव र उच्च सरकारी अधिकारीको उपस्थिति थियो । रासस

प्रकाशित : वैशाख २९, २०७४ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?