२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
समाचार

News

काठमाडौं ३२ को मतगणना रोकियो

दलका प्रतिनिधि र मतगणना खटिएका कर्मचारीबीच विवाद भएपछि काठमाडौं महानगरपालिका ३२ नम्बर वडाको मतगणना रोकिएको छ । निर्वाचन आयोगले बुधबारदेखि ११ स्थानमा मतगणना गरिरहेको थियो ।

काठमाडौं ३२ को मतगणना रोकियो

कक्षा ११ को परीक्षा सर्‍यो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा एक साता पछाडि सार्ने निर्णय गरेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनले गर्दा आगामी असार १ गतेबाट हुने भनिएको परीक्षा साता पछाडि सारिएको हो ।

माग पूरा नभए जेठ १० देखि डा. केसी अनसन बस्ने

यसअघिका सम्झौता कार्यान्वयन, चिकित्सा शिक्षा ऐन आफूले दिएको सुझाव समेटेर माथेमा प्रतिवेदनको मर्मअनुसार संसदबाट अविलम्व पारित हुनुपर्ने, प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोग फिर्ता लगायतका मागसहित डा.केसीले १० जेठदेखि अनसन बस्ने घोषणा गरेका हुन ।

माग पूरा नभए जेठ १० देखि डा. केसी अनसन बस्ने

एमाले अध्यक्ष केपी ओलीकै वडामा कांग्रेस विजयी

एमाले अध्यक्ष केपी ओलीको वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सूर्यविनायक नगरपालिका २ बालकोटमा नेपाली कांग्रेसका कमलनाथ आचार्य सहित चार सदस्य विजयी भएका छन् ।

कालिकोट खाँडाचक्रको मेयर र उपमेयरमा एमाले विजयी

कालिकोटको खाँडाचक्र नगरपालिकामा नेकपा एमालेका जशीप्रसाद पाण्डे विजयी भएका छन् । उनले २२०५ मत ल्याउँदै माओवादी केन्द्रका लक्ष्मीप्रसाद चौलागाईंलाई पराजित गरेका हु्न् । चौलागाईंले १४६१ मत ल्याए ।

पर्यवेक्षकले भने-मतपत्र र मतगणना व्यवहारिक भएन

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा प्रयोग भएका मतपत्र र मतगणना प्रक्रिया दुवै व्यवहारिक नभएको भन्दै सच्याउन विज्ञहरुले सुझाव राखेका छन् ।

पर्यवेक्षकले भने-मतपत्र र मतगणना व्यवहारिक भएन

एमालेद्वारा निर्वाचन घटनाको संसदीय छानविन माग

प्रमुख प्रतिपक्षी एमालेले चुनावका क्रममा सत्ता गठबन्धनका तर्फबाट केही स्थानमा आपराधिक र अराजनीतिक गतिविधि भएको भन्दै संसदीय छानविन समिति गठनको माग गरेको छ ।

एमालेद्वारा निर्वाचन घटनाको संसदीय छानविन माग

करिव चार करोड प्रतिबन्धित भारतीय रुपैयाँ बरामद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतमा प्रतिबन्धित ५ सय र १ हजारका झण्डै चार करोड भारतीय रुपैयाँ काठमाडौंका विभिन्न स्थानबाट बरामद गरेको छ ।

करिव चार करोड प्रतिबन्धित भारतीय रुपैयाँ बरामद

महालक्ष्मी नपा- १, २, ३, ४ र ५ मा एमाले विजयी

महालक्ष्मी नपा- १, २, ३, ४ र ५ मा एमाले विजयी भएको छ । १ नम्बर अध्यक्षमा नन्दकुमार न्यौपाने, २ मा रामबहादुर सुवेदी, ३ मा कुवेर केसी, ४ मा लक्ष्मण रोका क्षेत्री र ५ मा राजकुमार सिलवाल छन् ।

जेठ ३१ को चुनाव सार्न राजपाका नेताहरुको प्रस्ताव

राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले जेठ ३१ को दोस्रो चरणको चुनाव सार्ने प्रस्ताव गरेका छन् । कांग्रेससँग बुधबार भएको बार्तामा राजपाका नेताहरुले यस्तो प्रस्ताव ल्याएका हुन् । तर, कांग्रेस नेताहरुले त्यसलाई अस्वीकार गरेका छन् ।

जेठ ३१ को चुनाव सार्न राजपाका नेताहरुको प्रस्ताव

इन्द्रावती गाउँपालिकामा बिहीबार पुन मतदान गरिने

मतगणनाको दिननै स्थगित भएको इन्द्रावती गाउँपालिकामा जेठ ४ गते पुन मतदान गरिने भएको छ । बैशाख ३१ मा जम्मा भएको ६ सय ५८ मतदान जलाएर फेरि मतदान गरिने जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

इन्द्रावती गाउँपालिकामा बिहीबार पुन मतदान गरिने

तेमाल गाउँपालिकामा कांग्रेसका सलामसिं र दुर्गामाया विजयी

तेमाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सलामसिं लामा र उपाध्यक्षमा दुर्गामाया तामाङ विजयी भएका छन् ।

विश्व ट्रेड युनियन नेपाल-भूटान संयोजकमा खनाल

विश्व ट्रेड युनियन महासंघको नेपाल–भूटान संयोजकमा प्रेमलकुमार खनाल चयन भएका छन् । उनी महासंघको प्रेसिडेन्टियल काउन्सिल सदस्य हुन् ।

विश्व ट्रेड युनियन नेपाल-भूटान संयोजकमा खनाल

एमाले र कांग्रेस अगाडि

स्थानीय तह निर्वाचनको मतपरिणाममा एमाले र कांग्रेस अगाडि देखिएका छन् । दलहरूबीच प्रतिस्पर्धात्मक देखिएको नतिजामा बुधबार दिउँसो साढे १ बजेसम्मको गणनाअनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् ।

एमाले र कांग्रेस अगाडि

सप्तरीको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचैजना सहिद घोषणा

नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरी जिल्लाको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई नेपाल सरकारले बुधबार औपचारिक रुपमा सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले बुधबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा पाँचैजनालाई सहिद घोषणा गरिएको जानकारी दिए ।

सप्तरीको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचैजना सहिद घोषणा

जाजरकोटको बारेकोट गापामा १९ मतअन्तरले कांग्रेस उम्मेदवार विजयी

जाजरकोटको बारेकोट विशेष गाउँपालिकाको अध्यक्षमा कांग्रेसका महेन्द्रबहादुर शाह विजयी भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी उमा शाही विजयी भएकी छन् । कांग्रेसका शाहले २ हजार १ सय ४८ मत ल्याएका छन् ।

जाजरकोटको बारेकोट गापामा १९ मतअन्तरले कांग्रेस उम्मेदवार विजयी

तीनदिन पछि क्व्होलासोंथरको मतगणना सुरु

मतदान सकिएको तीन दिनपछि लमजुङको क्व्होलासोंथर गाउँपालिकाको मतगणना सुरु भएको छ । वैशाख ३१ गते आइतबार ५ बजे मतदान कार्य सकिएकोमा बुधबार बिहान ११ बजेदेखि मतगणना सुरु भएको हो । क्व्होलासोंथर गाउँपालिकाका निर्वाचन अधिकृत यादवप्रसाद भुसालले सामान्य अवस्थामा मतगणना सुरु भएको बताए ।

उम्मेदवारबिनाको निकटतम प्रतिस्पर्धी !

ललितपुर महानगरपालिकाको उपमेयरमा एमाले र राप्रपाबीचको तालमेल निरर्थक देखिएको छ । मेयरमा एमाले उम्मेदवारलाई सघाउने शर्तमा राप्रपाले उपमेयरमा उमेदरवार दिएको थियो । तालमेलअनुसार, एमालेले राप्रपालाई समर्थन गरी उम्मेदवारी नै दिएन । तर परिणाम ठीक उल्टो देखियो । सूर्यमा मत खस्ने क्रम पछिल्लो मतगणनाका क्रममा समेत जारी छ ।

उम्मेदवारबिनाको निकटतम प्रतिस्पर्धी !

धादिङको सिद्धलेकमा एमाले विजयी

धादिङको सिद्धलेकमा एमाले विजयी भएको छ । एमालेका प्रेमनाथ सिलवाल ५६०१ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेसका बद्रि अर्यालले ३६८२ मत पाए ।

धादिङको सिद्धलेकमा एमाले विजयी

लिसंखु पाखरमा एमालेका नेपाल विजयी

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाको अध्यक्षमा एमालेका कमल नेपाल विजयी भएका छन् । उनले २७६१ र माओवादीका राजु लामाले २७३१ मत पाए ।

लिसंखु पाखरमा एमालेका नेपाल विजयी

काठमाडौं महानगरपालिकाको पहिलो रिजल्ट: वडा नं. १ मा एमाले विजयी

काठमाडौं महानगरपालिकामा एमालेले खाता खोलेको छ ।वडा नं. १ मा एमालेका भरतलाल श्रेष्ठ १ हजार ३५ मतसहित विजयी भए । कांग्रेसका भोला थापाले ६३९ मत पाए ।

काठमाडौं महानगरपालिकाको पहिलो रिजल्ट: वडा नं. १ मा एमाले विजयी

महाकालीमा बेपत्तामध्ये दुई जनाको शव भेटियो

चार दिनअघि महाकाली नदीमा बेपत्ता भएका किशोरमध्ये भीमदत्तनगरपालिका–१४ बनकट्टीका १६ वर्षीय कपिल खाती र १६ वर्षकै दीपेश कुँवरको शव मङ्गलबार भेटिएको छ ।

ललितपुरकी कान्छी रञ्जुले चुनाव जितिन्

दुई दिनअघिसम्म रञ्जु तिलाङ्गीको परिचय समाजसेवी र सामाजिक विभेदविरोधी अभियन्ताको थियो । अब उनले नयाँ परिचय पाएकी छन्– नेत्री । त्यो पनि कम उमेरमा विजयी भएर । ललितपुर महानगरपालिका वडा नं ३ मा एमालेबाट दलित महिला सदस्य कोटामा २३ वर्षीया रञ्जु निर्विरोध निर्वाचित भएकी हुन् ।

ललितपुरकी कान्छी रञ्जुले चुनाव जितिन्

मतगणना टोली थप्न निर्देशन

मतदाता परिणाम जान्न आतुर भए पनि स्थानीय तह पहिलो चरणको मतदानको तेस्रो दिनसम्म मतगणनाको गति ज्यादै सुस्त देखिएको छ । कम मतदाता रहेका केही स्थानको मात्र अन्तिम परिणाम आएको छ । चारैवटा महानगरपालिकालगायत अधिकांश ठूला सहर र बजार क्षेत्रको मतगणना सुस्त छ ।

मतगणना टोली थप्न निर्देशन

काभ्रेमा नमोबुद्ध ४ र धुलिखेल १२ मा निर्वाचन जारी

वैशाख ३१ गते स्थगित भएको बुधबार स्थानीय तहको निर्वाचन नमोबुद्ध ४ र धुलिखेल १२ मा अहिले हुँदैछ । एक युवकको मृत्युको बिषयलाई लिएर स्थगित भएको नमोबुद्ध नगरपालिका ४ को निर्वाचन बुधबार हुन लागेको हो । यसअघि धुलिखेल १२ मा पनि राप्रपाका तर्फबाट वडा सदस्य पदका उम्मेदवार सुकुलाल तामाङको मृत्यु भएपछि स्थगित भएको निर्वाचन पनि भइरहेको छ ।

काभ्रेमा नमोबुद्ध ४ र धुलिखेल १२ मा निर्वाचन जारी

माओवादी तेस्रो हैसियतमै रहने संकेत

संसद्‍मा तेस्रो हैसियतमा रहेको सत्ता नेतृत्वकर्ता माओवादी केन्द्र स्थानीय तह चुनावमा उही हैसियतमा दोहोरिने प्रारम्भिक संकेत प्रारम्भिक मतगणनामा देखिएका छन् । माओवादी केन्द्रले भने प्रतिकूल परिस्थिति र आन्तरिक/बाह्य चुनौतीबीच हुँदैन भनिएको चुनाव गराउन सक्नुलाई नै आफ्नो राजनीतिक विजयका रूपमा अथ्र्याएको छ ।

माओवादी तेस्रो हैसियतमै रहने संकेत

राप्रपालाई अपेक्षितभन्दा कम मत

व्यवस्थापिका संसदमा चौथो ठूलो राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षितभन्दा कम मत पाएको छ । मंगलबार रातिसम्म उक्त पार्टीले डोल्पाको २ पदमा बाहेक कतै पनि विजय पाउन सकेको छैन । अन्यत्रको मतगणनामा समेत उक्त पार्टी निकै पछाडि छ । यद्यपि दोस्रो चरणमा परेका क्षेत्रमा परिणाम आफ्नो पक्षमा आउने विश्वास नेताहरूले गरेका छन् ।

राप्रपालाई अपेक्षितभन्दा कम मत

८० वर्षे वडाध्यक्ष

त्रिपुरासुन्दरी गाउँपालिका १ नम्बर वडाध्यक्षमा नेपाली कांग्रेसका ८० वर्षीय कर्णबहादुर खडका विजयी भएका छन् । साविकको घोर्थलीको ४ देखि ९ वडा मिलाएर उक्त वडा गठन गरिएको थियो । माओवादी केन्द्रका ३६ वर्षीय उम्मेदवार कुमार खत्रीलाई १ सय १३ मतले पछि पारेका थिए ।

८० वर्षे वडाध्यक्ष