शारदा नगरपालिकामा मतगणना स्थगित

बिप्लब महर्जन

सल्यान — शारदा नगरपालिकाको मतगनना मंगलबार बेलुकीदेखि स्थगित भएको छ । स्थगित भएको मतगनना अहिलेसम्म सुरु हुन सकेको छैन ।

एमालेलगायत अन्य दलले मतपत्र गनना गर्ने क्रममा लापरबाही गरेको र वडा नं ४ को मतपत्र अनुसार १८७ हुनु पर्नेमा १७४ मात्र भएको आरोप लगाउदै मतगनना स्थल छाडेर हिडेपछि मतगनना रोकिएको थियो । मतपत्र पुन गनना गर्नुपर्ने दबाब दिएको एमाले लगायतका अन्य दलले मतगनना स्थलमा सिलबन्दी लगाएको मंगलबार बेलुकी दलहरुको बैठकमा कुनै सहमती नभएकाले निर्वाचन आयोगमा पत्र लेखेर पठाएको मुख्य निर्वाचन अधिकृत माधबेन्द्रराज रेग्मीले बताए । आयोगले जे निर्देशन दिन्छ, त्यही हुन्छ उनले भने ।
मतगणना सञ्चालनको लागि बुधबार बिहान ८ बजेतिर पुन बैठक बस्ने बुझिएको छ ।

Yamaha

प्रकाशित : जेष्ठ ३, २०७४ ०७:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग नजिक

कान्तिपुर संवाददाता

काठमाडौं — म्यानचेस्टर सिटीले मंगलबार राति इङलिस प्रिमियर लिगमा वेस्ट ब्रुमलाई ३–१ ले हरायो र युरोपेली च्याम्पियन्स लिग छनोटको नजिक पुग्यो । सिटीको जितमा ग्याब्रिएल जेसस, केभिन डे ब्रुन र याया टुरले गोल गरे ।

यो जितपछि सिटी फेरि लिग तालिकाको तेस्रो स्थानमा फर्केको छ । उसको ७५ अंक भएको छ र यो चौथोमो रहेको लिभरपुलमाथि दुई अंकको अग्रता हो ।

मंगलबारकै अर्को खेलमा आर्सनलले सन्डरल्यान्डलाई २–० ले हरायो । दुवै गोल एलेक्स सान्चेजले गरे । यस जितले आर्सनलको शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट खेल्ने सम्भावना जीवन्त रह्यो ।

प्रकाशित : जेष्ठ ३, २०७४ ०७:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT