कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

शारदा नगरपालिकामा मतगणना स्थगित

बिप्लब महर्जन

सल्यान — शारदा नगरपालिकाको मतगनना मंगलबार बेलुकीदेखि स्थगित भएको छ । स्थगित भएको मतगनना अहिलेसम्म सुरु हुन सकेको छैन ।

शारदा नगरपालिकामा मतगणना स्थगित

एमालेलगायत अन्य दलले मतपत्र गनना गर्ने क्रममा लापरबाही गरेको र वडा नं ४ को मतपत्र अनुसार १८७ हुनु पर्नेमा १७४ मात्र भएको आरोप लगाउदै मतगनना स्थल छाडेर हिडेपछि मतगनना रोकिएको थियो । मतपत्र पुन गनना गर्नुपर्ने दबाब दिएको एमाले लगायतका अन्य दलले मतगनना स्थलमा सिलबन्दी लगाएको मंगलबार बेलुकी दलहरुको बैठकमा कुनै सहमती नभएकाले निर्वाचन आयोगमा पत्र लेखेर पठाएको मुख्य निर्वाचन अधिकृत माधबेन्द्रराज रेग्मीले बताए । आयोगले जे निर्देशन दिन्छ, त्यही हुन्छ उनले भने ।
मतगणना सञ्चालनको लागि बुधबार बिहान ८ बजेतिर पुन बैठक बस्ने बुझिएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?