कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

काभ्रेमा नमोबुद्ध ४ र धुलिखेल १२ मा निर्वाचन जारी

नगेन्द्र अधिकारी

काभ्रे — वैशाख ३१ गते स्थगित भएको बुधबार स्थानीय तहको निर्वाचन नमोबुद्ध ४ र धुलिखेल १२ मा अहिले हुँदैछ । एक युवकको मृत्युको बिषयलाई लिएर स्थगित भएको नमोबुद्ध नगरपालिका ४ को निर्वाचन बुधबार हुन लागेको हो । यसअघि धुलिखेल १२ मा पनि राप्रपाका तर्फबाट वडा सदस्य पदका उम्मेदवार सुकुलाल तामाङको मृत्यु भएपछि स्थगित भएको निर्वाचन पनि भइरहेको छ ।

काभ्रेमा नमोबुद्ध ४ र धुलिखेल १२ मा निर्वाचन जारी

दुवै स्थानमा निर्वाचन शान्तीपूर्ण रुपमा सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले जानकारी दिए । नमोबुद्ध ४ को जनक उच्च माविको मतदान केन्द्र क र ख मा १३ सय ७२ मतदाता छन् । धुलिखेल १२ को इटे सामुदायिक भवनमा ७ सय ७४ र शंखेश्वरी मावि क र ख मतदानकेन्द्रमा ११ सय ४२ मतदाता छन् ।

प्रकाशित : जेष्ठ ३, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?