कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महालक्ष्मीका पाँचवटै वडामा एमाले प्यानल विजयी

ललितपुर — ललितपुरको महालक्ष्मी नगरपालिकाका पाँचवटै वडामा एमालेको प्यानल विजयी भएको छ । नगरमा १० वटा वडा छन् ।

महालक्ष्मीका पाँचवटै वडामा एमाले प्यानल विजयी

वडा नं. १ मा नन्द न्यौपाने, २ मा रामबहादुर केसी, ३ मा कुवेर केसी, ४ मा लक्ष्मण रोका र ५ नम्बर वडामा राजकुमार सिलवालको नेतृत्वको प्यानल नै विजयी भएको हो ।

मेयरमा एमालेका रामेश्वर श्रेष्ठ ३५८९ उपमेयरमा एमालेकै निर्मला थापा ४३८६ मतसहित अगाडि छन् । मेयरमा कांग्रेसका महेश खड्काले २०६० र माओवादी केन्द्रका शिव कट्टेल १२८१ मतसहित तेस्रो स्थानमा छन् ।

प्रकाशित : जेष्ठ ३, २०७४ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?