जाजरकोटको बारेकोट गापामा १९ मतअन्तरले कांग्रेस उम्मेदवार विजयी

भीमबहादुर सिंह

जाजरकोट — जाजरकोटको बारेकोट विशेष गाउँपालिकाको अध्यक्षमा कांग्रेसका महेन्द्रबहादुर शाह विजयी भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी उमा शाही विजयी भएकी छन् । कांग्रेसका शाहले २ हजार १ सय ४८ मत ल्याएका छन् ।

जाजरकोटको बारेकोट गापामा १९ मतअन्तरले कांग्रेस उम्मेदवार विजयी

उनका निकटम प्रतिद्वन्द्वी माओवादीका तिलक रावतले २ हजार १ सय २९ मत ल्याएका छन् । यसैगरी उपाध्यक्षमा माओवादीकी शाहीले २ हजार २ सय २४ मत ल्याएर विजयी भएकी हुन् । शाहीकी निकटम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी सिंहले २ हजार १ सय ९७ मत पाएकी छन् । उक्त गाउँपालिकाको ९ वडामध्ये माओवादी केन्द्रले ४, कांग्रेसले ३ र एमालेले २ वडामा जितेको छ । 

 

प्रकाशित : जेष्ठ ३, २०७४ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?