कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एमाले र कांग्रेस अगाडि

काठमाडौं — स्थानीय तह निर्वाचनको मतपरिणाममा एमाले र कांग्रेस अगाडि देखिएका छन् । दलहरूबीच प्रतिस्पर्धात्मक देखिएको नतिजामा बुधबार दिउँसो साढे १ बजेसम्मको गणनाअनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् ।

एमाले र कांग्रेस अगाडि

जसमा एमाले ३४ स्थानमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले २९ वटा  प्रमुख पदमा विजय हात पार्न सफल भएको छ । 

माओवादी केन्द्रले १९ ठाउँमा जित हात पारेको छ । 

यसैगरी एमालेले ८१ वटा नगर तथा गाउपालिकाको प्रमुखमा अग्रता लिएको छ भने कांग्रेसले ७१ र माओवादीले २१ ठाउँमा अग्रता लिएको छ । 

अहिलेसम्म करिव ८५ वटा ठाउँको नतिजा आएको छ । पहिलो चरणमा २८३ वटा स्थानीय तहमा निर्वाचन भएको थियो । अझै १९८ ठाउँको मत परिणाम आउन बाँकी छ । 

प्रकाशित : जेष्ठ ३, २०७४ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?