कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करिव चार करोड प्रतिबन्धित भारतीय रुपैयाँ बरामद

काठमाडौं — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतमा प्रतिबन्धित ५ सय र १ हजारका झण्डै चार करोड भारतीय रुपैयाँ काठमाडौंका विभिन्न स्थानबाट बरामद गरेको छ ।

करिव चार करोड प्रतिबन्धित भारतीय रुपैयाँ बरामद

३ भारतीय नागरिक सहित १५ जनालाई ब्युरोले अवैध संगठित गिरोहमा संग्लन भएको भन्दै पक्राउ गरेको छ । भारतमा प्रतिबन्धित भएका त्यस्ता नोट संगठित गिरोहले नेपाल भित्र्याएर अर्थोपार्जन गर्ने उद्देश्य राखेको ब्युरोको अनुसन्धानले देखाएको छ ।

विशेष सूचनाका आधारमा ब्युरोले काठमाडौं महानगरपालिका-८ विनायक नगरस्थित कमला भण्डारीको डेराबा ९८ लाख भारतीय रुपैयाँ, तिलगंगास्थित शम्भु मार्गमा रोकिराखेका दुई गाडीबाट २ करोड ३५ लाख ६१ हजार भारतीय रुपैयाँ बरामद गरेको थियो ।

ब्युरोले बरामद रकम आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।

पक्राउ परेमध्येका एकले बयानका क्रममा आफूले वीरगन्जबाट केही रकम ल्याएको बताएका थिए । तर ब्युरोको अनुसन्धानले भारतबाटै त्यतिका धेरै अवैध रकम संकलन गरेर ल्याएको देखिन्छ ।

यो गिरोहले भारु सय रुपैयाँको नोट लाई ६० रुपैयाँ नेपालीमा साटन खोजेको देखिन्छ । बार्गेनिङका आधारमा त्यो भन्दा थोरै मूल्यमा पनि अवैध भारु साटन खोजेको देखिन्छ । ब्युरोका अनुसार नेपालमा राष्ट्र बैंक मार्फत प्रतिबन्धित भारतीय रुपैयाँ साटन प्रयास स्वरुप त्यतिका धेरै अवैध रकम ल्याइएको हुनसक्छ ।

प्रकाशित : जेष्ठ ३, २०७४ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?