कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कक्षा ११ को परीक्षा सर्‍यो

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा एक साता पछाडि सार्ने निर्णय गरेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनले गर्दा आगामी असार १ गतेबाट हुने भनिएको परीक्षा साता पछाडि सारिएको हो ।

‘निर्वाचनकै भोलिपल्ट परीक्षा गराउन सम्भव नहुने भएकाले असार ८ गतेबाट संचालन गर्ने निर्णय भएको छ,’ परीक्षा नियन्त्रक डम्मर बतासले बुधबार भएको निर्णय सुनाउँदै कान्तिपुरसित भने, ‘परीक्षा तालिका यथावत छ । त्यसैअनुसार असार १८ परीक्षा सम्पन्न हुनेछ ।’

बोर्डले आफ्नो वेबसाइटमा परीक्षाको संशोधित तालिका सार्वजनिक गरेको छ ।

‘कक्षा ११ को साधारण (संगीत र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक विषय समूहतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समय तालिका परीक्षा संचालन समितिको निर्णयअनुसार २०७४ असार १ गतेबाट संचालन गर्ने गरी सूचना प्रकाशित गरिएकोमा,’ भनिएको छ, ‘२०७४ जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी पुन:संशोधित कार्यक्रम बमोजिम संचालन गरिने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित : जेष्ठ ३, २०७४ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?