कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

यस्तो छ दैलेखको मत परिणाम

ज्योती कटुवाल

दैलेख — चामुन्डा विन्द्रासैनी नगरपालिका एमालेका प्रमुख सूर्यबहादुर शाही २७७३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी उपप्रमुख कांग्रेसका गणेशबहादुर शाहीले २६७० मत ल्याएका छन । यसैगरी उपप्रमुखमा नेकपा एमालेकी तारा शाहीले २९५४ र कांग्रेसकी इन्द्रा शाहीले २४८० पाएकी हुन् । ५ वडा एमाले र २ मजदुर किसान पार्टिले विजय प्राप्त गरेका छन् १ वडामा मात्र कांग्रेसले जितेको छ ।

यसैगरी ठाँटीकाँध गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्ष धीरबहादुर शाहीले १९२४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रक्षाबहादुर शाहीले १५६६ मत ल्याएका छन् । उपाध्यक्षमा सुस्मिता सिहंले १९७३ भने कांग्रेसकी भद्रा शाहीले १०३२ मत पाएकी छन् ।

महाँवु गाउँपालिकाका एमालेका अध्यक्ष जंगबहादुर शाहीले ३५२२ र कांग्रेसका कर्णबहादुर शाहीले २९०० मत ल्याएर पराजित भएका छन् भने उपाध्यक्षमा एमालेकी प्रेम बुढाले ३८०० उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मन्जुकुमारी पाण्डेले २८२७ मत ल्याएर पराजित भएकी छन् । ६ वटा वडामा ४ एमालेले भने २ कांग्रेसले जितेको छ ।

भैरवी गाउँपालिकामा एमालेका अध्यक्षमा प्रेम बुढाले ३५८४ मत भने कांग्रेसका जनार्दन ज्ञवालीले ३०७७ मत ल्याएर पराजित भएका छन् । उपाध्यक्षमा एमालेकी पद्यमा विष्टले ३४७८ मत भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी बसन्ता थापाले २९८२ मत ल्याएर पराजित भएकी हुन् । यस गाउँपालिकामा ४ वडा एमाले र ३ वडा कांग्रेसले जितेको छ ।

यसैगरी दुल्लु नगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका घनश्याम भन्डारीले ६३४९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बरुनाथ योगीले ६२८० ल्याएर पराजित भएका छन । उपप्रमुखमा भने एमालेकी बिस्ना थापाले ६४७८ मत ल्याएर विजयी भएकी छन् भने कांग्रेसकी कृष्णकुमारी शाहीले ६१०९ मत ल्याएकी हुन् ।

प्रकाशित : जेष्ठ ४, २०७४ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?