कालीगण्डकी गाउँपालिका प्रमुखमा थापा विजयी

प्रतिक्षा काफ्ले

स्याङ्जा — यहाँको कालीगण्डकी गाउँपालिका प्रमुखमा एमालेका खिमबहादुर थापा विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर थापालाई ६६६ मतले पछाडी पार्दै उनले ५०८८ मत ल्याएर विजयी भएका हुन् । प्रतिद्वन्द्वी शेरबहादुरले भने ४४२२ मत प्राप्त गरेका थिए ।

कालीगण्डकी गाउँपालिका प्रमुखमा थापा विजयी

त्यसरी नै उपाध्यक्षमा एमालेकै प्रतिनिधि सावित्रा थापा निर्वाचित भएकी छन् । ५११६ मत ल्याई प्रतिद्वन्द्वी कांग्रेसकी तुलसा पाण्डेलाई ७९१ मतले पछाडि पार्दै विजयी भएकी हुन् । पाण्डेले भने ४३२५ मत प्राप्त गरेकी थिइन् । त्यसैगरी नै कालीगण्डकी गाउँपालिकामा रहेका ७ वटा वडामध्ये १ मा ११७३ मत प्राप्त गरी एमालेका शोभिलाल चौतारे विजयी भएका छन् भने २ मा ८०० मत प्राप्त गरी कांग्रेसका नरबहादुर राना, ३ मा ७३९ मत ल्याई कांग्रेसका रामबहादुर आले, ४ मा ७५४ मत प्राप्त गरी कांग्रेसको चक्रपाणी पाण्डे, ५ मा ७०२ मत ल्याई एमालेका लोकेदार थापा, ६ मा ८७२ मत ल्याई एमालेका लीलाबल्भ अधिकारी र ७ मा ६३३ मत ल्याएर एमालेका मुक्तिप्रसाद भट्टराई निर्वाचित भएको निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७४ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?