कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्व्होलासोंथरमा प्रमुख उपप्रमुखमा एमाले विजयी

आश गुरुङ

लमजुङ — लमजुङको क्व्होलासोंथर गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमाले उम्मेदवार विजयी भएका छन् ।

क्व्होलासोंथरमा प्रमुख उपप्रमुखमा एमाले विजयी

बिहीबार राती सम्पन्न मत गणनाको परिणाम अनुसार एमाले उम्मेदवार प्रेमबहादुर घले ३ हजार १ सय ४४ मतका साथ क्व्होलासोंथर गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका छन् । प्रतिद्धन्द्धी कांग्रेसका रघुनाथ गुरुङलाई १ हजार २ सय ४४ मतको फराकिलो अन्तरले हराउँदै घले गाउँपालिका प्रमुखमा निर्वाचित भएका निर्वाचन अधिकृत यादवप्रसाद भुषालले जानकारी दिए । उनका अनुसार गुरुङले १ हजार ९ सय मत प्राप्त गरेका छन् । गाउँपालिका प्रमुखका राप्रपा उम्मेदवार चन्द्रप्रसाद गुरुङले ३० मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा ३ हजार ३ सय ११ मत ल्याएर कुमारीमुनी गुरुङ निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार मनकुमारी गुरुङलाई १ हजार ५ सय ६४ मतको फराकिलो अन्तरले कुमारीमुनी गुरुङ उपप्रमुखमा विजयी भएका हुन् । मनकुमारीले १ हजार ७ सय ४७ मत ल्याएका छन् । अध्यक्षमा निर्वाचित घले ग्रामीण पर्यटनका अभियान्ता हुन् भने उपप्रमुखमा विजयी गुरुङ एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङका पत्नि हुन् ।

९ वटा वडा रहेको क्व्होलासोंथर गाउँपालिकामा २ वटा वडाबाहेक सवै वडा एमालेले जितेको छ । एमालेबाट वडा नं. १ मा पेमा गुरुङ, ३ मा खर्काजंग गुरुङ, ४ मा खिमबहादुर गुरुङ, ५ मा गीतबहादुर गुरुङ, ६ मा मनलाल गुरुङ, ७ मा दिलकुमारी गुरुङ र ९ मा नन्दजंग गुरुङ बिजयी भएका छन् । कांग्रेसबाट वडा नं. २ मा बुद्धि गुरुङ र ८ मा राजु गुरुङ वडा अध्यक्षमा निर्वाचित भएका छन् । कूल ७ हजार ८७ मतदाता रहेको क्व्होलासोंथर गाउँपालिकमा ५ हजार २ सय ५५ मत खसेको थियो । खसेको मतमध्ये ४२ पूर्ण बदर भएको निर्वाचन अधिकृत भुषालले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?