२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पनौतीमा एमालेका भीम न्यौपाने विजयी

नगेन्द्र अधिकारी

काभ्रे — पनौती नगरपालिकामा नेकपा एमालेका उम्मेदवार प्रमुख तथा उपप्रमुख पदमा निर्वाचित भएका छन् । प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा विजयी भएका हुन् ।

पनौतीमा एमालेका भीम न्यौपाने विजयी

न्यौपानेले १२ हजार २ सय ५६ र बञ्जाराले १२ हजार ९९ मत प्राप्त गरेका थिए । निकटतम नेपाली कांग्रेसका उम्मेदवार विदुर बञ्जाराले ९ हजार १ सय ९० र अञ्जु रञ्जित केसीले ९ हजार १ सय २८ मत प्राप्त गरेकी थिइन् । प्रमुखमा माओवादी केन्द्रकी जमुना सापकोटाले १ हजार २ सय ३९ र उपप्रमुखमा जगन्नाथ गिरीले १ हजार ७ सय ९७ मत प्राप्त गरेका थिए ।

वडाध्यक्षमा भने नेकपा एमालेले नेपाली कांग्रेसले बराबरी जितेको छ । वडा नं १, २, ३, ४, ५ र १२ मा नेकपा एमाले र वडा नं ६, ७, ८, ९, १० र ११ मा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?