ललितपुरको मतगणना स्थगित

काठमाडौं — ललितपुर महानगरपालिका वडा नं. १५ को महेन्द्र आदर्श विद्यालय केन्द्रको मुचुल्काभन्दा बढी मत भेटिएपछि मतगणना स्थगित भएको छ ।

मतगणनामा २६ मत बढी भेटिएपछि पुन: मतगणना भएको हो । पुन: मतगणना हुँदा पनि ५ मत बढी भएपछि एमालेले विरोध गरेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्रको अधकट्टी रुजु गरेर मतगणना गर्ने जानकारी दिएको छ ।

यसैबीच ललितपुरकै महालक्ष्मी नगरपालिकाको मतगणना दुई दिनदेखि रोकिएको छ ।

वडा नं. ६ मा तीन मतले कांग्रेस विजयी भएपछि माओवादी केन्द्रले अबरोध गरेको हो ।

प्रकाशित : जेष्ठ ५, २०७४ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?