एमालेले स्वत:स्फूर्त रुपमा जितेको अध्यक्ष ओलीको दाबी

बनेपाको विजय सभामा सहभागी
कान्तिपुर संवाददाता

काभ्रे — पच्चीस वर्षे बिरासत तोड्दै बनेपामा एमाले विजय भएपछिको सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली यहाँ आएका छन् । उनले शुभकामनाको हात हल्लाउन कार्यक्रममा सहभागी भएको बताए ।

उनले अरु पार्टीले सत्ता, शक्ति दुरुपयोग गरेर डर, धाक धम्कीका बीच पनि नेकपा एमालेलाई स्वत:स्फूर्त रुपमा जिताएको दाबी गरे । ‘प्रजातान्त्रिक प्रकृयामा सहभागी भयौं, जनताले जिताए,’ उनले भने, ‘अरुको जस्तो सत्ताको दुरुपयोग गरेनौं, कसैलाई धाकधम्की दिएनौं ।’

एमाले महासचिव इश्वर पोखरेलले जनताले पत्याएकाले अब काम गरेर जनताको मन जित्न आग्रह गरे ।
नगरप्रमुखमा लक्ष्मीनरसिंह बादे र उपप्रमुखमा रेखा सापकोटा दाहाल विजयी भएका थिए ।

प्रकाशित : जेष्ठ ५, २०७४ १४:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रामेछापको सुनापतीमा माओवादी केन्द्रको विजय

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको सुनापती गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारले विजय प्राप्त गरेका छन् । निर्वाचन अधिकृत चन्द्रकला ओलीका अनुसार प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवार धावा लामाले ४ हजार ७ सय ३६ मत प्राप्त गरी विजय हासिल गरेका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्र मोक्तानले ३ हजार २ सय ४४ मत प्राप्त गरेका थिए ।

यसैगरी, उपप्रमुखमा माओवादी केन्द्रकै उमेदवार गीता विष्टले ४ हजार ८ सय २२ मत पाएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी विनिता खड्काले ३ हजार ७ सय ३३ मत पाएकी थिइन् । 

गाउँपालिका प्रमुखमा निर्वाचित लामा माओवादी केन्द्रका जिल्ला इन्चार्ज हुन् । एकीकरण हुनुअघि उनी जनमोर्चाका नेता थिए । सरल स्वभावका लामा जिल्लाका सबैभन्दा पाका जनप्रतिनिधि भएका छन् । 

प्रकाशित : जेष्ठ ५, २०७४ १४:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT