१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ट्याक्टर पल्टिँदा २ को मृत्यु

लालप्रसाद शर्मा

पोखरा — बाटोमा छाप्ने ढुंगा बोकेर आएको ट्याक्टर पल्टिँदा शुक्रबार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकमा कास्की अन्नपूर्ण गाउँपालिका ४ भदौरेका १७ वर्षका अजय गुरुङ र ५० वर्षीय रामसिंग नेपाली रहेको प्रहरीले जनाएको छ ।

पर्वतको चित्रेबाट ढुंगा लिएर आएको ग१त ३६२३ नम्बरको ट्याक्टर भदौरेस्थित छन्द्री खोलामा दुर्घटनामा परेको थियो । सडकबाट करिब एकसय मिटर तल खसेको ट्याक्टर टुक्राटुक्रा परेको छ । ट्याक्टर कसले चलाएको थियो भन्ने यकिन भएको छैन । चालक भने फरार छन् ।

दुवै शवलाई पोस्टमार्टमका लागि पोखरास्थित क्षेत्रीय अस्पतालमा ल्याउँदै गरिएको वडा प्रहरी कार्यालय बगरका निरीक्षक किशोर लम्सालले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७४ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?