कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सगरमाथा आधारशिविर ‘सम्पर्क अधिकृत’ विहीन

कुम्भराज राई

ओखलढुंगा — सगरमाथा आरोहण धमाधम भईरहेकै बेला आधार शिविर सरकारी सम्पर्क अधिकृत विहीन भएको छ । कतिपय सम्पर्क अधिकृतहरु आधारशिविर नै नपुगि फर्किएका छन् । कतिपयले भने आधार शिविर पुग्ने बित्तिकै विभिन्न वहाना देखाएर फर्किएपछि सम्पर्क अधिकृत विहिन भएको हो ।

सगरमाथा आधारशिविर ‘सम्पर्क अधिकृत’ विहीन

‘सगरमाथा आधार शिविरमा एकजना पनि सम्पर्क अधिकृत छैन । यदाकदा दुई चार जना आईपुगे पनि सगरमाथा प्रदुषण नियन्त्रण समितिको कार्यालयमा हाजिर गर्छन् अनि त्यहि दिन फर्किन्छन् ।’ हिमालयन उद्दार संघका आधार शिविर प्रमूख लाक्पानोर्बु शेर्पाले भने, ‘कारणवश माथीतिर कुनै घटना भयो भने भर्पाई लेख्ने अधिकृत सिटो बालेर खोज्नुपर्ने अवस्था छ ।’

केहि साताअघि सम्पर्क अधिकृतकै रुपमा आधार शिविर पुगेका पर्यटन मन्त्रालयका ज्ञानेन्द्र श्रेष्ठसमेत बिहीबार फर्किएपछि आधार शिविर सम्पर्क अधिकृत विहीन भएको आरोहणका लागि गएका एक्सपेडिशन कम्पनीहरुको भनाई छ ।

पर्यटन विभागले भने सगरमाथा आधार शिविर सम्पर्क अधिकृत विहीन नभएको जनाएको छ । ‘ज्ञानेन्द्र श्रेष्ठ हिजो फर्किनु भएपनि हाम्रा अन्य सम्पर्क अधिकृत आधार शिविरमै छन् ।’ पर्यटन विभागका निर्देशक दुर्गादत्त ढकालले भने, ‘आज मात्रै सम्पर्क अधिकृतकै रुपमा जानु भएको नेपाली सेनाका प्रतिनिधिले आधारशिविरबाट फोन गर्नु भएको थियो ।’ उनले केहि अघि गएका टोलीहरु विभिन्न कारण देखाएर फर्किएपनि पछि जाने टोलीहरु आधारशिविरमै भएको दाबी गरे ।

प्रकाशित : जेष्ठ ५, २०७४ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?