कांग्रेस, एमालेले जिते पनि मैले जिते जस्तै हो: प्रधानमन्त्री दाहाल

टिभि हेर्न छाडेँ

रामपुर (चितवन) — प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा कांग्रेस, एमाले, र माओवादीले जस्ले जिते पनि आफैंले जितेको जस्तो लागेको बताएका छन् ।
‘यो निर्वाचन सफलतापूर्वक, व्यापक जनताको सहभागिताका साथ सम्पन्न हुँदा मलाई ठूलो जिम्मेवारी पूरा गरेको महशुस भएको छ,' दाहालले भने, ‘निर्वाचन सम्पन्न भएपछि कसले जित्छ कसले हार्छ, मैले टिभी हेर्न पनि छाडेको छु । जस्ले जिते पनि मेरै जित जस्तो लागेको छ।'

कांग्रेस, एमालेले जिते पनि मैले जिते जस्तै हो: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा कांग्रेस, एमाले, र माओवादीले जस्ले जिते पनि आफैंले जितेको जस्तो लागेको बताएका छन् ।

‘यो निर्वाचन सफलतापूर्वक, व्यापक जनताको सहभागिताका साथ सम्पन्न हुँदा मलाई ठूलो जिम्मेवारी पूरा गरेको महशुस भएको छ,' दाहालले भने, ‘निर्वाचन सम्पन्न भएपछि कसले जित्छ कसले हार्छ, मैले टिभी हेर्न पनि छाडेको छु । जस्ले जिते पनि मेरै जित जस्तो लागेको छ।'

निकै भावुक मुद्रामा उनले भने, 'यतिखेर देशले जितेको छ, राष्ट्रले जितेको छ ।' पहिलो चरणको जस्तै दोस्रो चरणको निर्वाचनलाई पनि उत्सवका रुपमा लिन मधेशवादी दललाई आग्रह गरेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुर भवन उद्घाटन गर्न शुक्रबार गृह जिल्ला चितवन आएका प्रधानमन्त्री दाहालले स्थानीय निकायको पहिलो चरणको निर्वाचन गराउनु आफ्नो सफलता भएको दाबी गरे ।

‘दोस्रो चरण निर्वाचन गराउन पनि निकै चुनौतीहरु छन,’ उनले भने,‘त्यसलाई पनि सफल पार्न साँझ सबै दल र मधेसवादी दललाई छलफलका लागि बोलाएको छु ।’ सबैको सहभागीतामा निर्वाचन सफल पार्ने पहल गरेको उनले स्पष्ट पारे । छोरा प्रकाश सहित हेलिकप्टरमा आएका दाहाल शुक्रबार बिहान नवलपरासीको दुम्कौलीस्थित शास्वत धाम पूजाआजा गरे । त्यस पछि उनी चितवन आएका हुन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम अनुसार एमाले अग्रस्थानमा छ भने कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रोमा छ । तर परिणामको कुनै प्रभाव नगरी उनले धेरै ठूलो मेहनतबाट र धेरै अप्ठाराहरु सामना गरी पहिलो चरणको निर्वाचन सम्म आइपुगेको बताए । उनले पहिलो भन्दा दोस्रो चरणको निर्वाचन धेरै चुनौती रहेको बताए ।

उनले पहिलो चरणको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै दोस्रोको निर्वाचन सम्पन्न गरेपछि परिवर्तन संस्थागत हुने बताए । दोस्रो चरणको निर्वाचन पनि उत्सवपूर्ण हुने उनले विश्वास व्यक्त गरे । कार्यक्रमस्थलमा प्रधानमन्त्री दाहाल निकै भावुक देखिएका थिए । उनले सरकार छाड्ने संकेत गर्दै सम्बोधनका क्रममा प्रधानमन्त्रीमा रहने अन्तिम/अन्तिम अवस्था आएको उल्लेख गरे ।

प्रकाशित : जेष्ठ ५, २०७४ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?