जबरजस्ती करणीमा एउटै गाउका ५ बालक पक्राउ

काशिराम डाँगी

रोल्पा — रोल्पा नगरपालिका-२ रेउघा गाउबाट छुट्टाछुट्टै दुई वटा घटनामा जवरजस्ती करणीको अभियोगमा प्रहरीले रोल्पाका दुई नाबालकलाई पक्राउ गरेको छ । आठ वर्षकी बालिका र ३ वर्षको बालकलाई जवरजस्ती करणी गरेको आरोपमा १५/१५ वर्षका दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार १५ वर्षका बालकले एक वर्षअघिदेखि गाउँकै ८ वर्षकी बालिकालाई जबरजस्ती करणी गर्दै आएको अभियोग लागेको छ । महिला समूहका सदस्यले घटनाबारे जानकारी पाएपछि शुक्रबार प्रहरीलाई सूचना दिएर दुर्व्यवहारबारे सार्वजनिक गरिएको हो । प्रहरी निरीक्षक गजेन्द्र चौधरीले जरजस्ती करणी अन्तर्गत मुद्दा चलाउने तयारी रहेको बताए । उक्त घटनामा संलग्न भएका अन्य चार जना छन् ।

यस्तै रेउघाकै ३ वर्षका एक बालकमाथि जवरजस्ती करणी (अप्राकृतिक मैथुन) गरेको अभियोगमा गाउँकै अर्का १५ वर्षका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका काका नाता पर्ने १५ वर्षका ती बालकले बाआमा नभएको बेलामा बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोग लागेको हो । 

प्रहरी निरीक्षक चौधरीले ती बालकलाई पनि नियन्त्रणमा लिइएको र जवरजस्ती करणी (अप्राकृतिक मैथुन) को अभियोगमा मुद्दा चलाउने तयारी भएको बताए ।

प्रहरीले ती घटनामा संलग्न पीडकको नाम गोप्य राखेको छ ।​

प्रकाशित : जेष्ठ ५, २०७४ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?