कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रमुख सात राजनीतिक दलको बैठक सकियो, दोस्रो चरणको चुनाव सम्पन्न गर्न राष्ट्रिय सहमति आवश्यक

काठमाडौं — प्रमुख सात राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हानमा बसेको बैठकमा तराई–मधेसमा स्थानीय तहको संख्या थप, सरकारद्वारा संसदमा पेश गरेको संविधान संशोधन विधेयक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन, बजेट लगायतका विषयमा छलफल भएको थियो ।

प्रमुख सात राजनीतिक दलको बैठक सकियो, दोस्रो चरणको चुनाव सम्पन्न गर्न राष्ट्रिय सहमति आवश्यक

प्रमुख सात राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हानमा बसेको बैठकमा तराई–मधेसमा स्थानीय तहको संख्या थप, सरकारद्वारा संसदमा पेश गरेको संविधान संशोधन विधेयक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन, बजेट लगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र संघीय समाजवादी फोरमका नेताहरु उपस्थित थिए ।

बैठकमा प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचन सम्पन्न हुनु देशकै लागि गौरवका विषय भएको बताउँदै निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक दल र मतदातालाई धन्यवाद दिए ।

प्रधानमन्त्रीले दोस्रो चरणको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको प्रक्रियालाई पूर्णतामा लैजान राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिँदै दोस्रो चरणको निर्वाचन, तराई–मधेसमा स्थानीय तहको संख्या थप, संविधान संशोधन विधेयक र बजेटबारे सहमति जुटाएर अघि बढ्न दलहरुलाई आग्रह गरेका थिए । बैठकमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन नै सबैभन्दा ठूलो एजेण्डा र जिम्मेवारी भएको कुरामा जोड दिँदै निर्वाचनको सहज वातावरणका लागि राजनीतिक दलहरुको एकता र सहकार्य आवश्यक भएकोमा जोड दिए ।

बैठकमा प्रमूख प्रतिपक्ष दल नेकपा एमाले र मधेस केन्द्रित दलका नेताहरुले प्रधानमन्त्रीको प्रस्तावमाथि आ–आफ्ना धारणा राखेको थियो । बैठकले राजनीतिक सहमतिबाटै निष्कर्षमा पुग्नुपर्नेमा जोड दिँदै छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, एमाले उपाध्यक्षद्वय सुवास नेम्वाङ, भीम रावल, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपा नेताहरु बिक्रम पाण्डे, सुनिलबहादुर थापा, राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, संघीय समाजवादी फोरमका नेता अशोककुमार राई लगायत शीर्ष नेताहरु सहभागी थिए ।

प्रकाशित : जेष्ठ ५, २०७४ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?