१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चिन्तित र विचलित हुनेपर्ने अवस्था छैन: राप्रपा

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भएको हारबाट चिन्तित र विचलित हुनुपर्ने अवस्था नभएको ठहर गरेको छ ।

चिन्तित र विचलित हुनेपर्ने अवस्था छैन: राप्रपा

पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सोमबार निर्वाचनको माध्यमबाट पार्टीको एजेण्डा र अडानप्रति जनतामा चेतनाको अभिवृद्धि गर्न र संगठनको प्रभाव विस्तार गर्न सक्षम भएकोमा उल्लेख गर्दै दोश्रो चरणको निर्वाचनमा सहभागी हुन तथा उच्च मनोबलका अघि बढ्ने निर्णय गरेको छ ।

दोस्रो चरणको चुनावका लागि राप्रपाले निर्वाचन हुने जिल्लाहरुमा जेठ २१ गतेभित्र जिल्ला स्तरीय कार्यकर्ता भेला गर्ने, विभिन्न दलहरुसँग तालमेल गर्ने जिम्मेवारी जिल्ला कार्य समितिलाई दिने, केन्द्रीय सदस्यहरुलाई जेठ १५ देखि चुनाव नसकिएसम्म अनिवार्य रुपले जिल्लामा रहेर क्रियाशिल हुनुपर्ने पनि निर्णय पनि गरेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७४ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?